न्यायालय विवादमा संसदले समिति बनाएर छानविन गर्नुपर्छ : भीम रावल


काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले सर्वोच्च अदालतको प्रधानन्यायाधीश विवादमा संसदको समिति बनाएर छानविन गर्नुपर्ने बताएका छन् । नेता रावलले सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतमा जारी प्रधान्यायाधीश र न्यायाधीशहरूको विवाद संसदले अधिकारयुक्त समिति बनाएर छानविन गर्नुपर्ने बताएका हुन् ।

‘न्याय, मर्यादा र संविधानको रक्षा गर्नुपर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीशको क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेपछि उहाँले नैतिकताको बोध गर्नु र संसदले अधिकारयुक्त समिति गठन गरी यथार्थको छानविन गर्नुपर्छ,’ उनले भनेका छन्, ‘लोकतन्त्रको रक्षार्थ राजनीति र अदालतको अवाञ्छित साँठगाँठ अन्त्य हुनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement