अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएकाे छ । मंगलबार अध्यक्ष ओली र रावलबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । उक्त महाधिवेशनमा रावलले ओलीको चाहानाविपरित उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए । लामो समयदेखि एमालेमा निष्क्रिय रहँदै आएका रावलले ओलीसँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement