माथिल्लो भोटेकोशी विद्युत् आयोजना पुननिर्माण कार्य शुरु


चौतारा – माथिल्लो भोटेकोशी विद्युत् आयोजनाको पुननिर्माण कार्य शुरु भएको छ । तीन वर्षदेखि बन्द रहेको सो आयोजनाको पुननिर्माण कार्य शुरु भएपनि विद्युत उत्पादन हुन अझै दुई वर्ष लाग्नेछ । वि.सं. २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनको टावरलाई क्षति र्पुुयाएपछि झण्डै चार महिना उत्पादन बन्द भएको थियो । मर्मतपश्चात सञ्चालनमा आएको केहि महिनापछि वि.सं. २०७२ को भूकम्पले पुनक्षति र्पुुयाएको थियो ।

त्यसपछि मर्मत भइरहेको सो आयोजनालाई वि.सं. २०७३ असार २१ गते तिब्बतबाट आएको भोटेकोशी बाढीले पुनक्षतिग्रस्त बनाएको आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले बताए । अहिले चीनको सिनो हाइड्रो कम्पनीसंग रू. ७ अर्बको लगानीमा आयोजना पुननिर्माणको ठेक्का सम्झौता भएको छ । आगामी दुई वर्षभित्र आयोजनाको पुननिर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक स्थापितले जानकारी दिए ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउंपालिकास्थित निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाटको सो आयोजना वि.सं. २०७२ को भूकम्प र वि.सं. २०७३ को बाढीले क्षतिग्रस्त हुंदा त्यसको उत्पादन बन्द भई कम्पनी र राष्ट्रले ठूलो घाटा ब्यहोर्नु परेको छ । बाह्रबिसे–तातोपानी सडकखण्ड अन्तर्गत साविक तातोपानी गाविसको १० किलो भन्ने स्थानमा बांध बांधेर तीन दशमलव पांच किमी सुरुङमार्फत फुलपिङकट्टीको झिर्पुमा निर्मित विद्युतगृहमा पानी खसालिएको थियो ।

बाढीले सुरुङमार्गबाहेक बांध स्थल, विद्युतगृह, पेन स्टक पाइप, प्रसारण लाइनको केही टावर क्षेत्र र विद्युतगृहमा रहेका सम्पूर्ण उपकरणमा क्षति पुुयाएकाले मर्मत तथा नयां निर्माण गर्नुपर्ने आयोजनाले बताएको छ । शुरुमा ३६ मेगावाटको स्वीकृति पाएको सो आयोजनाले पछि ४५ मेगावाटको स्वीकृति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement