भोटेकोशी बाढी : मृतकको संख्या ५८६ पुग्यो, २ हजार अझै बेपत्ता, हजारौँ विस्थापित

भोटेकोशी बाढी : मृतकको संख्या ५८६ पुग्यो, २ हजार अझै बेपत्ता, हजारौँ विस्थापित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म करिब ५ सय ८६ जनाको मृत्यु भएको छ।

बाढीले बगाएका ५ सय ८६ शव विभिन्न जिल्लाका नदी किनारबाट निकालिएको छ भने २ हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन छन्। बाढीका कारण हजारौँ नागरिक विस्थापित भएका छन् भने ठूलो संख्यामा घरहरू ध्वस्त भएका छन्।

सबैभन्दा धेरै चितवनको नारायणी नदी किनारबाट २३३ वटा शव फेला परेका छन्। यस्तै नवलपरासी (पूर्वी र पश्चिम) मा १५४, गोरखामा ४६, धादिङमा ४०, नुवाकोटमा ३७, तनहुँमा ३०, रसुवामा १२ र नवलपरासीमा २७ वटा शव भेटिएका छन्। भेटिएका कतिपय मानव अंगहरूको सनाखत हुन बाँकी छ र शव फेला पर्ने क्रम अझै जारी छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५१७ विदेशीसहित कुल १ हजार ९२४ भन्दा बढी मानिस बेपत्ता छन्। बेपत्ता हुनेहरूमामा सुरक्षाकर्मी तथा कर्मचारीमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरीका १३, भन्सारका १५ र अध्यागमनका १५ जना छन्।

सर्वसाधारण तथा पर्यटकमध्ये जलविद्युत् आयोजनाका ९३३ जना, आन्तरिक पर्यटक १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना छन्।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन्।

बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाण्डु ल्याइएको छ। प्रहरीका अनुसार काठमाण्डुका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि घरफिर्ता (डिस्चार्ज) भएका गरी हालसम्म ९७ जना रहेका छन्।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन्।