काठमाण्डु – बागलुङ र म्याग्दी केन्द्रविन्दु भएर २ वटा भूकम्प गएपछि शनिबार दिउँसो राजधानी काठमाण्डु हल्लाउने गरी अर्काे भूकम्प भएको छ ।
दिउँसो २ः३६ बजे उपत्यकामा भूकम्पको धक्का महसूस भएको छ ।
चीनको तिब्बत केन्द्रविन्दु भएर भएको ५.१ म्याग्निच्युडको भूकम्पको महसूस भारत, बंगलादेश र भुटानका केही क्षेत्रमा गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ६ः२० बजेमा ४.१ म्याग्निच्युडको भूकम्प भएको थियो ।
केन्द्रका अनुसार शनिबार बिहान ४ः१४ बजेमा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर पनि ४ म्याग्निच्युडको भूकम्प भएको थियो ।
प्रतिक्रिया