टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भूकम्प


एजेन्सी – अमेरिकाको टेक्सासमा ५ दशमलब ७ म्यग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प लगत्तै परकम्पन गएको थियो ।

भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको जनाइएको छ । ‘टेक्सास राज्यको इतिहासमा यो चौथो शक्तिशाली भूकम्प हुनेछ’, राष्ट्रिय मौसम सेवाको मिडल्याण्ड कार्यालयले ट्वीट ग¥यो । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement