गायिका भुमिकाले ल्याइन् तिजको कोसेली ‘कर्मैले बिगार्छ’


काठमाण्डु – चर्चित लोकदोहोरी गायिका भुमिका गिरीको तिजको कोसेली ‘कर्मैले बिगार्छ’ सार्वजनिक भएको छ । भुमिकाले आफ्नै अफिसियल युटुव च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् ।

लोकदोहोरी क्षेत्रमा चम्किएकी गायिका गिरीको र भागिरथ चलाउनेको स्वर रहेको यो गितमा भुमिका आफैले अभिनय गरेकी छन् । उनीसँगै अभिषेक श्रेष्ठ र नारायणी क्षेत्रीको अभिनय रहेको छ ।

भागिरथ चलाउनेको शब्द तथा संगित रहेको सो गितको संगित संयोजन सुनिल परियारले गरेका छन् । यस अगाडि पनि भुमिकाका चर्चित तिज गितहरु लोकप्रिय छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement