भुरिगाउँमा बसको ठक्करबाट १४ वर्षीय बालिकाको मृत्यु, राजमार्ग ठप्प


बर्दिया – बर्दियाको पूर्व-पश्चिम राजमार्गको भूरिगाउँ बजारमा बसले ठक्कर दिंदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

कालीकोटबाट कैलालीको टीकापुरतर्फ गइरहेको ना४ख ५३७५ बसको ठक्करबाट विद्यालय जान हिँडेकी बर्दिया ठाकुरबाबा नगरपालिका-६ बकुवाकी निर्मला चौधरीको मृत्यु भएको हो ।

निर्मला भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । बालिकाको मृत्यु भएपछि आफन्त र स्थानीयले क्षतिपूर्तिको माग गर्दै यातायात ठप्प पारिएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement