अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनले लगाए फाइजर कम्पनीको खोप


एजेन्सी – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर कम्पनीद्वारा निर्मित कोरोनाभाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । यसअघि यो खोप उपराष्ट्रपति माइक पेन्स र सभामुख नान्सी पेलोसीले लगाइसकेकी छन् । बाइडेनले अमेरिकी जनतालाई यो सुरक्षित छ भनेर देखाउन आफूले पनि खोप लगाएको बताए ।

बाइडेनले खोप उपलब्ध भएपछि यसलाई लगाउन तयार हुनुपर्ने बताउंदै यसमा चिन्ता लिनुपर्ने आवश्यकता नभएको बताएका छन् ।  उनले देशमा खोप कार्यक्रम सुरुवात गरेकोमा ट्रम्प प्रशासनलाई धन्यवाद समेत दिएका छन् ।

आइतबारबाट अमेरिकामा मोडर्ना कम्पनीले निर्माण गरेको दोस्रो खोप पनि पठाउन सुरु गरिसकिएको छ । हालसम्म ५ लाखभन्दा बढी अमेरिकी नागरिकले खोप लगाइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement