काम खोज्दै नेपाल आउने विदेशी बढे


काठमाडौं – वैदेशिक रोजगारीमा जाने नेपाी युवाको संख्या घटिररहेको बेला काम खोज्द नेपाल आउने विदेशीको संख्या बढ्दै गएको छ। नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो।

आर्थिक वर्ष २०७४/७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६ सय ४३ रहेकोमा गत आर्थिक वर्षमा २ हजारको हाराहारीमा पुगेको छ। यस मध्ये पनि अघिल्लो आर्थिक वर्षमा १ हजार ३ नयाँ आवेदकलाई श्रम स्वीकृति दिइएको थियो भने ५८८ जना पुरानाको श्रम स्वीकृति नवीकरण गरिएको थियो। याे खबर कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement