जनकपुर पुगेर राष्ट्रपति भण्डारीले के भनिन् ?


जनकपुरधाम – राष्ट्रपति विद्यादेवी भण्डारी सीता नवमीको अवसरमा प्रदेश २ को राजधानी जनकपुर पुगेकी छन् । उनले प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’अभियानको खुलेरै प्रशंसा गरेकी छन् ।

जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘यो अभियान सही ढंगले अगाडि बढिरहेकाले प्रशंसा गर्न चाहन्छु ।’ यो अभियानलाई सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटोको संज्ञा समेत दिइन् ।

उनले कतिपय सामाजिक विकृति र विसंगति विद्यमान रहेको भन्दैे चिन्ता व्यक्त गरिन् । तराई मधेस कृषि क्षेत्र भएपनि उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखद भएको उनले बताइन् । राष्ट्रपति भण्डारीले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम र स्थानीय श्रोत र साधनको भरपूर उपयोग गरेर आर्थिक समृद्विमा लाग्न सबैसँग आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement