राष्ट्रपति भण्डारी शुक्रबार कञ्चनपुर जाँदै


कञ्चनपुर – राष्ट्रपति विद्यादेवी भण्डारी तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा सहभागी हुन शुक्रबार कञ्चनपुर जाने भएकी छिन् । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक रहेको मैदानमा आयोजना गरेको सो महोत्सवलाई उनले सम्बोधन समेत गर्नेछिन् ।

नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले राष्ट्रपति महोत्सवमा सहभागी भइ सम्बोधन समेत गर्ने कार्यक्रम रहेको जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित विभिन्न पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गरिएको सो महोत्सव फागुन ९ गतेदेखि जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement