विद्युत् प्राधिकरणको ७५ पेजको श्वेतपत्र सार्वजनिक (पूर्णपाठ)

विद्युत् प्राधिकरणको ७५ पेजको श्वेतपत्र सार्वजनिक (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ।कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अहिलेको अवस्था समेटेर श्वेत पत्र सार्वजनिक गरेका हुन् ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणबाट विदा हुनुअघि पत्रकार सम्मेलन गर्दै मुलुकभर करिब ५८ प्रतिशत जनताले मात्र विद्युत उपभोग गर्न पाएकोमा हाल ९९ प्रतिशतभन्दा बढी जनतामा विद्युतको पहुँच पुगेको उल्लेख गरेका थिए।

श्वेतपत्रअनुसार विद्युतको पहुँच ९७.५ प्रतिशत पालिकामा मात्रै विद्युत पहुँच पुगेको छ। घर संरचनाको आधारमा ९१.४१ प्रतिशत विद्युत् पुगेको देखिएको हो।

यस्तै, श्वेतपत्र सार्वजनिक गर्दै शाक्यले माग र आपूर्तिको असन्तुलन वर्षा यामको विद्युत् खेर गएको छ भने सुख्खायाममा विद्युत्को माग बढिरहेको छ र पूर्ण रुपमा आपूर्ति गर्न नसकिएको बताए ।

‘आगामी दिनमा यसको व्यवस्थापन अझै चुनौतीपूर्ण देखिन्छ । प्राधिकरणको प्रक्षेपण अनुसार ०८२/८३ मा वर्षा याममा २६४८ मेगावाट , ०८३/८४ मा ३३१६ मेगावाट विद्युत् जगेडा रहनेछ,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘यो निर्यात हुनुपर्ने देखिएको छ । तर त्यही समयमा २०८२/८३ को सुख्खा याममा ७९१ मेगावाट र ०८३/८४ मा ७२८ मेगावाट अपुग आयात गर्नुपर्ने देखिन्छ ।’

यस्तो छ सारांश प्रतिवेदन