काठमाण्डु- विद्युत् नियमन आयोगले विभिन्न पदमा १२ जना कर्मचारीको भर्ना खोलेको छ ।
आयोगले शुक्रबार सूचना निकाल्दै इन्जिनियरिङ, प्राविधिक, प्रशासनसहितका सेवामा १२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो।
नवौँ तहको सहनिर्देशक २ जना, सातौँ तहको इन्जिनियर ३ जना, सातौँ तहकै वित्त, कानुन र सूचना प्रविधि अधिकृत ३ जना, छैटौँ तहको अधिकृत १ जना र पाँचौँ तहको वरिष्ठ सहायक १ जनाको लागि दरखास्त आह्वान गरिएको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिले रितपूर्वक अनलाइन फाराम भर्न सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया