७० करोड घुस प्रकरणः ७ दिनभित्र अख्तियारमा हाजिर हुन मिश्रलाई निर्देशन


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र आयोगमा उपस्थित हुन निर्देशन दिएको छ ।

आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनबारे आवश्यक सोधपुछका लागि बोलाएको हो ।

अख्तियारले मिश्रलाई आयोगको अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न निर्देशन दिएको छ । त्यस्तै समयभित्र उपस्थित नभए कानून बमोजिम कारबाही गर्ने आयोगको चेतावनी छ ।

मिश्रले आफू उक्त अडियोको टेप जापानबाट लिएर आउँदै गरेको बताएका छन् । उनले नेपाल आउने टिकट फिक्स भइसकेकोले उक्त मुद्धा कमजोर पार्न नदिने दृढता व्यक्त गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७०९ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए ।

र यो पनि

बाँस्कोटाको ७० करोड घुसको अडियो सार्वजनिक गर्ने मिश्र भन्छन्ः म भागेको छैन, जापानबाट आउँदैछु

प्रतिक्रिया दिनुहोस
Advertisement