बिल गेट्स र मेलिन्डाको २७ वर्षे वैवाहिक यात्रा टुंगियो, फाउण्डेसनबाट अलग नहुने


एजेन्सी – माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स कुनै न कुनै रुपमा समाचारको शीर्षक बन्ने गर्छन् ।

उनी कहिले आफ्नो प्रविधिको आविष्कारबाट, आफ्नै कम्पनीमा नेतृत्वको भूमिका छोड्ने निर्णयबाट, परोपकारपूर्ण काम गरेर वा अन्य  शीर्षकमा उनका बारेमा समाचारहरु आइरहेका हुन्छन् । तर, यसपटक भने बिल गेट्स र श्रीमती मेलिन्डा गेट्सले २७ वर्षे लामो वैवाहिक जीवनबाट अलग हुने निर्णय गरेको खबर बाहिरिएको छ ।

बिल गेट्सले ट्वीटमार्फत आफुहरु अलग रहेको बताएका छन् । उनीहरुले सोच विचार गरेर वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको बताएका छन् ।

उनीहरुले संयुक्त रुपमा भनेका छन्, ‘हाम्रो सम्बन्धमा धेरै सोचविचार र धेरै काम गरेपछि हामीले आफ्नो विवाह समाप्त गर्ने निर्णय गरेका छौं । हामीले तीन बच्चाहरूलाई हुर्काएका छौं । र एक फाउन्डेसन निर्माण गरेका छौं । जसले असहाय व्यक्तिलाई स्वस्थ, उत्पादक जीवन जीउन सक्षम पार्छ । त्यसलाई निरन्तरता दिन्छौं ।’

मेलिन्डासँग बिल गेट्सको भेट् सन् १९८७ मा भएको थियो । उनीहरू पहिलो पटक न्यूयोर्कको ट्रेड शोमा भेटेका थिए । अरबपति जोडी बिल र मेलिन्डा गेट्स मिलेर बिल र मेलिंडा गेट्स फाउन्डेशन चलाउँदै आएका छन् ।

यस संस्थाको उद्देश्य स्वस्थ र उत्पादक जीवन जीउन सहयोग गर्नु हो । यो पनि याद गर्न आवश्यक छ कि संस्थाले बच्चाहरूको खोपहरू र संक्रामक रोगहरू विरुद्ध लड्ने जस्ता व्यापक सामाजिक कारणहरूमा लाखौं खर्च गरेको छ ।

उनीहरूले व्यक्तिगत जीवनमा अलग हुने निर्णय लिएपनि फाउन्डेशनमा सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आधिकारिक विज्ञप्तिमा लेखिएको छ, ‘हामी त्यस अभियानमा विश्वास बाँड्छौं र जगमा सँगै काम जारी राख्दछौं, तर हामी अब विश्वास गर्दैनौं कि हामी आफ्नो जीवनको अर्को चरणमा एक जोडीको रूपमा सँगै बढ्न सक्दछौं ।’

जेफ बेजोस र म्याकेन्जी स्कट पछि यो दोस्रो अप्रत्याशित खबर भएको भन्दै धेरैले आश्चर्य ब्यक्त गरेका छन् । उनीहरुले जुलाई, २०१९ मा विवाह भएको २५ वर्षपछि छुट्टिएको घोषणा गरेर सबैलाई चकित पारेका थिए ।

फोर्ब्सको सूचीमा बिल गेट्स विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा छन् । उनको सम्पत्ति १२४ बिलियन अमेरिकी डलर बराबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement