काठमाण्डु – नेपाली कांग्रेसले नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फ सिफारिस गरेको छ ।
धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको हो ।अघिल्लो पटकको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।
यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेका थिए । र उनले त्यसको जानकारी पार्टी सभापति शेरबहादुर देउवालाई गराइसकेका थिए ।
अघिललो चुनावमा निधिलाई पराजय गरेका महतोले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा भने कहाँबाट चुनाव लड्छन् भन्ने यकिन भइसकेको छैन । उनले आफुलाई धनुषा ३ सँगै सर्लाहीको ४ र २ मा पनि चुनाव लड्न प्रस्ताव आएको बताएका छन् ।




प्रतिक्रिया