बिमस्टेकले प्राथिमकताकाे क्षेत्र घटाउदै


काठमाडौं–  काठमाडौंमा आयोजना हुने बिमस्टेक सम्मेलनले प्राथमिकताको क्षेत्र घटाएको छ । यहि भदौ १४ र १५ गते हुन लागेकाे सम्मेलनले सहयोगको क्षेत्रको संख्या १४ बाट ५ मा झारेको हो ।

पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पूर्व कूटनीतिक अधिकारीहरुलाई परामर्शका क्रममा यस्तो बताएका हुन् । ज्ञवालीका अनुसार सम्मेलनले क्षेत्रीय संयोजन, गरिबी निवारण, व्यापार र लगानी, जलवायु परिवर्तन, र ऊर्जालाई मुख्य प्राथमिकताको क्षेत्र बनाएको हो ।

सन् १९९७ मा स्थायना भएको बिमस्टेकले दक्षिण पूर्वी एसियालाई जोड्न व्यापार, प्रविधि, ऊर्जा, यातायात, माछापालन, कृषि, जनस्वास्थ्य, गरिवी निवारण, गैरआतंकवाद, वातावरण, संस्कृति, सम्पर्क र जलवायु परिवर्तनको क्षेत्रमा आपसी सहयोग गर्दै आएको छ ।

स्थापनाको दुई दशक पूरा हुँदा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ’बिमसटेक’को प्रतिवद्धताको प्रसार र सहयोगको क्षेत्र बिस्तार भएपनि उल्लेख्य उपलब्धि भने हासिल भने भएको छैन । सोहीकारण ७ सदस्यिय क्षेत्रीय सहयोगको प्रयासको प्राथमिकताको क्षेत्र घटाइएको बताइएको छ ।

प्राथमकिताको क्षेत्र घटाउनुबाहेक सम्मेलनले ढाकास्थित बिमस्टेकको सचिवालय सुधारमा केन्द्रीत रहने बताइएको छ । यसका मध्यमबाट एउटा कोषको स्थापना गरि सहयोग क्षेत्र विस्तारको अध्ययन हुने अधिकारीहरुले बताएका छन् । सम्मेलन सुरु हुन एक सातामात्र बाँकी रहँदा सबै सदस्य मुलुकले सहभागिता जनाउने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement