१८ बुँदे घोषणा पत्र जारी गर्दै चौथो विमस्टेक सम्मेलन सम्पन्न


काठमाडाैं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । काठमाडौंको होटल सोल्टीमा दुई दिनसम्म चलेको सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् । सम्मेलन बिहिबारबाट काठमाडौँमा शुरु भएको थियो । यसक्रममा ग्रिड इन्टरकनेक्सनका विषयमा बिमस्टेक राष्ट्रहरुबीच एमओयुमा समेत समझदारी भएको छ । यसमा बिमस्टेक राष्ट्रका विदेशमन्त्रीहरु हस्ताक्षर गरेका छन् ।

आजै बंगलादेश, म्यानमार, थाइल्याण्ड र भारतका सरकार तथा राष्ट्रप्रमुख स्वेदश फर्कने कार्यक्रम रहेको छ । बिमस्टेकको स्थापना सन् १९९७ जुन ६ मा थाइल्यान्डको बैंककमा भएको थियो । बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्यान्ड सदस्य रहने गरी क्षेत्रीय सञ्जाल गठन भएको थियो ।

सन् १९९७ डिसेम्बर २२ को मन्त्रीस्तरीय बैठकबाट म्यान्मार यसको सदस्य भएको थियो । सन् १९९७ जुन ६ मा थाइल्यान्डको बैंककमा भएको प्रथम शिखर सम्मेलनबाट बिम्स्टेकको नामकरणलाई अनुमोदन गरेको थियो । यसको स्थायी सचिवालय बङ्गलदेशको राजधानी ढाकामा छ ।

नेपाल सन् १९९८ मा यसको आमन्त्रित सदस्य बनेको थियो । सन् २००४ फेब्रुअरीमा थाइल्यान्डमा भएको छैटौं मन्त्रीस्तरीय बैठकबाट नेपाल र भूटान पूर्ण सदस्य भएका थिए । त्यसअघि ‘सहकार्य, सहिष्णुता र समृद्धि’ को मूल नारासहित म्यान्माको राजधानी नेपिटमा सन् २०१४ को मार्चमा बिम्स्टेकको तेस्रो शिखर सम्मेलन भएको थियो । बिम्स्टेकको अध्यक्षीय कार्यकाल हरेक दुई वर्ष हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement