सुपरस्टार विनोद खन्नाका छोरा सन्यासी बन्दै


एजेन्सी – सुपरस्टार विनोद खन्ना जब करियरको शीर्ष स्थानमा थिए तब उनले आध्यात्मिक गुरु ओशोको शरण लिएर सबैलाई चकित पारेका थिए । अब उनका छोरा साक्षी खन्ना पनि आफ्नो पिताको कदममा चलिरहेको बताइएको छ ।

भारतीय भिडियामा प्रकाशित समाचारका अनुसार साक्षीले अध्यात्मको बाटो रोजेका छन् र ओशो इन्टरनेशनल जोइन गरेका छन् । साक्षी विनोद खन्नाकी दोस्रो श्रीमती कविताका छोरा हुन् । जब विनोद खन्नाले ओशोको शरण लिएका थिए तब उनी भारतमा निकै कम देखिन्थे ।
आखिर विनोद खन्नाले सन्यास किन लिए भनेर धेरैलाई थाहा छैन । कतिले विनोदले परिवार र करियरलाई सम्हाल्न नसकेका कारण यस्तो निर्णय लिएको बताए ।

स्मरण रहोस् सन्यासबाट फिर्ता भएपछि उनको पहिलो श्रीमती गिताञ्जलीसँग सम्बन्धविच्छेद भयो त्यसपछि उनले कवितासँग विवाह गरेका थिए । करिब चार वर्ष अघि साक्षीले मिलन लुथरियाको फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेको खबर फैलिएको थियो । तर न त उनले बलिउडमा डेब्यू गरे न नै यसको कारण पत्ता लाग्यो । यस्तै, विनोद खन्नाका जेठो छोरा अक्षय खन्ना बलिउडका चिर परिचित नाम हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement