भारतीय सेनाप्रमुख रावत सवार हेलिकोप्टर दुर्घटनाग्रस्त, रावतकाे अवस्था अज्ञात


एजेन्सी – भारतीय सेनाप्रमुख विपिन रावत  चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । भारतीय सेना प्रमुख रावत सवार हेलिकोप्टर बुधबार तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको हो । उक्त दुर्घटनामा हालसम्म चार वटा शव फेला परेकाे छ । रावतकाे अवस्था अज्ञात रहेकाे भारतीय अधिकारीहरूले जनाएका छन् ।

अहिलेसम्म तीन जनाको उद्धार गरिएको छ भने अन्यको खोजी भइरहेको इण्डिया टुडेले उल्लेख गरेको छ । हेलिकोप्टरमा १४ जना सवार थिए । उद्धार गरिएका तीनजनालाई गम्भिर चोट लागेको र उनीहरुलाई निलगिरी जिल्लाको वेलिंग्टन क्यान्टोनमेन्टको अस्पतालमा लगिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार रहेको आजतक टेलिभिजनले जनाएको छ । भारतीय सेनाले भने अहिलेसम्म दुर्घटनाका बारेमा औपचारिक जानकारी दिएको छैन । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement