यी हुन भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ रावत चढेको हेलिकोप्टर दुर्घटनाका सम्भावित कारण


नयाँ दिल्ली – भारतका चीफ अफ डिफेन्स स्टाफ तथा पूर्वसेनाप्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाबारे विभिन्न अडकलबाजी हुन थालेका छन् । रावतसहित १३ जना सवार भारतीय वायु सेनाको एमआई १७ भी ५ हेलिकोप्टर बुधबार दिउसो तमिल नाड्डुको कोनोरमा दुर्घटना भएको थियो ।

हेलिकोप्टरमा रावतकी पत्निसमेत सवार थिइन् । दुर्घटनाबारे तत्काल अनुसन्धान गर्न भारतीय वायु सेनाले आदेश दिएको छ । रक्षा मन्त्रालयले दुर्घटनाबारे आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी छ । विज्ञहरुका अनुसार रावत चढेको हेलिकोप्टर दुर्घटनाका केही सम्भाव्य कारण यस्ता छन्ः

१. खराव मौसमः वायु सेनाको एमआई १७ भी ५ हेलिकोप्टर दुर्घटनाको प्रमुख कारण खराव मौसम भएको प्रराम्भिक विवरणमा जनाइएको छ । वायुमन्डलको हुस्सु र लो भिजिविलिटीका कारण दुर्घटना भएको हुन सक्ने पूर्वचालकले बताएका छन् । ‘दुर्घटनाको मुख्य दोषी मौसम हुने गर्छ । पहाडको मौसम सामान्यतया खराब हुने गर्छ । तसर्थ रावत चढेको हेलिकोप्टर दुर्घटनाको मुख्य कारण मौसम हुन सक्छ,’ एमआई १७ भी ५ हेलिकोप्टरका पूर्वचालक अमिताभ रन्जन भन्छन् ।

२. विद्युतका तार : पूर्वसेनाप्रमुख रावत चढेको एमआई १७ भी ५ हेलिकोप्टर दुर्घटना मानव वस्तीवाट टाढा भएको थियो । तर, हेलिकोप्टर विद्युतको तारमा ठोकिएको हुन सक्ने अनुमान गरिएको छ ।

३. प्राविधिक समस्याः एमआई १७ भी ५ हेलिकोप्टरका पूर्वचालक अमिताभ रन्जनका अनुसार प्राविधिक समस्याका कारण पनि हेलिकोप्टर दुर्घटना भएको हुन सक्छ । उनी भन्छन्, ‘हेलिकोप्टरहरु नयाँ छैनन् । तालिमप्राप्त र व्यावसायिक भएकोले चालकले जस्ता सुकै हेलिकोप्टर पनि चलाउने हिम्मत गर्छन् । ’

अकस्मात प्राविधिक समस्याका कारणा दुर्घटना भएको हुन सक्ने उनको अनुमान छ । ‘हेलिकोप्टरमा प्राविधिक समस्या थिएन भन्न सकिदैन्,’ उनी भन्छन् ।

४. डाँडामा ठोक्किएको हुनसक्नेः हेलिकोप्टर दुर्घटनाको प्रकृति हेर्दा डाँडोमा ठोकिएको हुन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । दुर्घटनास्थल डाँडोनजिक भएकोले हेलिकोप्टरले हाइट लिँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement