अमेरिकी सेनाका प्रमुख फर्के, नेपाल किन अाउँदैछन् भारतीय सेनाध्यक्ष विपीन?


काठमाडौं– भारतीय सेनाध्यक्ष विपीन रावत साेमबार नेपाल आउँदै छन्।

उनी अमेरिकी अमेरिकी चार तारे जर्नेल तथा प्यासिफिक कमान्डर रोबर्ट ब्रक्स ब्राउन स्वदेश फर्केकाे भाेलिपल्ट उनी दिन नेपाल अाउन लागेका हुन्।

गत बिहीबार नेपाल आएका ब्राउनलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी हेमन्तराज कुँवरले विदाई गरे।

रावत नेपाली सेना स्थापनाको २५० औं बर्षगाँठ मनाउने क्रममा शिवरात्रिको दिन फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुन आउन लागेका हुन्।

वीपीन नेपाल आउन लागेकाे जानकारी दिँदै सेनाले भनेको छ, ‘नेपाली सेना र भारतीय सेना बिचको सम्बन्ध विगतदेखि नै निकट र प्रगाढ रही आएको छ। नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाले आयोजना गर्ने विशेष कार्यक्रमहरुमा विशेष अतिथिको रुपमा निमन्त्रणा गर्ने र भारतीय सेनाको मानार्थ सेनापति सम्मान दिइने प्रचलन रही आएको छ।’

विपीनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र रक्षामन्त्री भीमसेन दास प्रधानलाई भेट्दै छन्। विपीनलाई १६ चैत २०७३ मा राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको सम्मान प्रदान गरेकी थिइन्।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र भारतीय सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने सेनाले विश्वास लिएको छ।

गत बुुधबार आएका बेलायती आर्मी चिफ निकोलस प्याट्रिक कार्टर नेपालमै छन्। उनी सोमबार बेलायत फर्किंदै छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement