वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग पार्टी एकता गर्ने विप्लवको निर्णय


काठमाण्डु- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।

पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकका निर्णय बुधवार सार्वजनिक गर्दै वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्ने पार्टीसँग एकता र मुद्दा मिल्नेसँग संयुक्त मोर्चामार्फत कार्यगत एकता गर्ने नीति लिने जनाइएको हो ।

पत्रकार सम्मेलनमार्फत महासचिव विप्लवले आफूहरू सबै विषयमा खुल्ला ढङ्गले छलफल गर्न तयार भएको बताएका छन् । ‘हाम्रो निष्कर्ष के छ भने विचार मिल्ने पार्टीहरूसँग पार्टी एकता गर्नुपर्छ, मुद्दा मिल्ने कम्युनिस्ट पार्टीहरूसँग सहकार्य गर्नुपर्छ । यही व्यवस्थाभित्र घुमेर होइन । यसको समाधान वैज्ञानिक समाजवादमा खोज्नुपर्छ ।’, उनले भने ।

1

2

345

प्रतिक्रिया दिनुहोस
Advertisement