विप्लवका नेता, कार्यकर्तालाई निगरानीमा राख्न ७७ वटै जिल्ला प्रहरीलाई पत्राचार


काठमाडौं– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्तालाई निगरानीमा राख्न प्रहरीलाई निर्देशन दिएको छ।

गत शुक्रबार ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि भएको बम बिस्फोट घटनामा एक जनाको ज्यान जानुका साथै मुलुकका अन्य क्षेत्रमा पनि एनसेल लक्षित विस्फोटन भएपछि गृह मन्त्रालयले सतर्कता अपनाउन प्रहरीलाई निर्देशन दिएको हो। बम काण्डमा संलग्न भएको आरोपमा प्रहरीले देशभरबाठ २६ जनालाई पक्राउ गरिसकेको छ।

घटना पश्चात गृहमन्त्रालयमा बसेको उच्चस्तरीय सुरक्षा बैठकले बम विस्फोटन घटनालाई ‘राजनीतिक आवरणमा हिंसात्मक गतिविधि’ का रुपमा निष्कर्ष निकालेपछि प्रहरी प्रधान कार्यालयले समेत सात वटै प्रदेश प्रहरी र ७७ वटै जिल्ला प्रहरीलाई पत्राचार गरेको छ।

प्रहरी स्रोत भन्छ–विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोजी, अनुसन्धान तथा निगरानी गर्न निर्देशन दिइएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी उत्तम सुवेदी बम विस्फोटन घटनाको गहन अनुसन्धान भइरहेको र पक्राउ परेकाको म्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको बताए।

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नख्खु घटनामा विप्लव समूहको संलग्नता रहेको र समानान्तर सरकार सञ्चालन गर्ने उनीहरुको उद्देश्य भएको बताएका थिए ।

विप्लव नेतृत्वको नेकपा नेता हेमन्तप्रकाश वलीले सोमबार बीबीसी नेपालीसँग कुरा गर्दै घटनाको जिम्मेवारी लिएका थिए।

साढे सात करोड चन्दा प्रकरण: प्रकाण्डको सम्पत्ति छानबिन गर्दै सरकार

शक्तिशाली सेना वनिसकेको विप्लवको खुलासा, भारतिय कम्पनिलाई काम गर्न नदिने चेतावनी (अन्र्तवार्ता)

प्रतिक्रिया दिनुहोस
Advertisement