अन्तर्वार्ता ब्रेकिंग न्युज

दलाल पुँजीपति वर्ग सत्तासीन बन्न पुगेको छ, यो इतिहासको विडम्बना र मजाक हो :नेत्रविक्रम चन्द विप्लव

तपाईंको पार्टी नेकपासित वार्ताका लागि डबल नेकपाको केपी ओली सरकारले वार्ता टोली बनायो तर अस्वीकार गर्नुभयो । किन अस्वीकार गर्र्नुभएको हो ?

dish home

– होइन । हाम्रो पार्टीसँग वार्ताको प्रसङ्ग नभएकाले स्वीकार र अस्वीकारको विषय नै छैन । हामीलाई २०६३ पछिको ऐतिहासिक वार्ताप्रक्रियामा बाहिर र भित्रबाट भयानक धोका र गद्दारी भएपछि हाम्रो पार्टी दलाल पुँजीवादी सत्तालाई जरैबाट उखेलेर फाल्ने एकीकृत जनक्रान्तिमा छ ।

जनयुद्ध अन्त्य गरिएपछि तपाईं नेता भएको बेलामा, माओवादी आफैँले सरकारको नेतृत्व पनि ग¥यो । अन्य दलको नेतृत्वमा त धेरैपटक सहभागी भएको थियो । यो लामो अवधिमा केके सकारात्मक र नकारात्मक परिवर्तन देख्नुभयो ?

-दस वर्षको महान् नयाँ जनवादी क्रान्ति र दीर्घकालीन जनयुद्ध नेपाल राज्य बनेपछिको अर्को नयाँ र गुणात्मक परिघटना हो । यसले पहिलोपटक जनताको सत्ता, जनताको अर्थतन्त्र, जनताको सेना, जनताको कानुन, अदालत, प्रशासन पैदा गरेको थियो । २०६२—६३ पछि इतिहासकै नवीनतम् उपलब्धिहरूलाई विश्वभरिका पुँजीवादी—साम्राज्यवादी—उत्तरसाम्राज्यवादी र पार्टीभित्रका आत्मसमर्पणवादी—विसर्जनवादीहरूको साँठगाँठ र लेनदेनमा समाप्त पार्न खोजियो । यो नेपालका लागि मात्र होइन, विश्व–कम्युनिस्ट आन्दोलनकै लागि नकारात्मक परिघटना हो । यी कार्य म नेता भएको बेलामा होइन, प्रचण्ड नेता भएको बेलामा भएको हो । म र हामी नेतृत्व—टोलीमा थियौँ । धोका भएको देखेपछि उनका विरुद्ध विद्रोह ग¥यौँ ।

जहाँसम्म सकारात्मक उपलब्धिको कुरा छ, सुधारवादी—संशोधनवादी—कानुनवादी कोणबाट हेर्दा सामन्तवादको अन्त्य भएको छ, दलाल पुँजीवादी भएपछि गणतन्त्र आएको छ । तर यहाँ कम्युनिस्ट घोषणापत्रमा माक्र्स—एङ्गेल्सले भनेजस्तै युद्धरत दुवै पक्ष परास्त भएका छन् र बीचको दलाल पुँजीपति वर्ग सत्तासीन बन्न पुगेको छ । यो इतिहासको विडम्बना र मजाक हो । तथापि क्रान्तिकारीहरूले यसलाई सम्पूर्ण रूपले अस्वीकार गर्दै एकीकृत जनक्रान्तिको नयाँ अध्याय सुरु गरिसकेका छन् । यो सबैभन्दा सकारात्मक र सुखद पक्ष हो ।

 नेपाली राजनीति आउने १० वर्षमा कहाँ पुग्ने देख्नुहुन्छ ? नेपाल र नेपाली सर्वसाधारण जनताको जीवनस्तर कहाँनेर देख्नुहुन्छ ?

-मैले पहिले पनि चर्चा गरेँ, १० वर्षमा नेपाली राजनीति आमजनताले कम आकलन गरेको दलाल पुँजीवादी मार्गमा हिँडिरहेको छ । सबैले, विशेषतः श्रमिक जनताले के आशा गरेका थिए भने लगभग ८० प्रतिशत भूभागमा विजय हासिल गरिसकेको जनयुद्ध र जनसत्ताले पूर्णता पाउनेछ कि त प्रतिक्रियावादी सत्तासँगको युद्ध उत्कर्षतिर जानेछ । आश्चर्य ! यहाँ के भयो तपाईंलाई थाहै छ । विजयउन्मुख कम्युनिस्ट पार्टी र श्रमजीवी जनताले हार्नुप¥यो, जनयुद्धबाट निर्माण गरेका सत्ता विघटन भए भने हामीसँग आमनेसामने युद्धरत राजतन्त्र र शाहीसेनाले पनि हा¥यो । सत्तामा टप्किन त कताबाट दलाल पुँजीपति वर्ग पो आइपुग्यो ।

जनतामाथि दलाल पुँजीवाद लादिएपछि जनता र देशको अवस्था चौतर्फी रूपमा सङ्कटपूर्ण बन्दैछ । राष्ट्रघात, भ्रष्टाचार, जनअधिकारमाथि तानाशाही दमन, तस्करी, बलात्कार, महँगी अचम्मै लाग्दो गरी मौलाएका छन् । यो कैयौँ अर्थ (राष्ट्रियता) मा राजतन्त्रभन्दा पनि खराब र खतरनाक छ । जस्तो कि सिक्किमलाई यस्तै दलालहरूले बेचेर खाएका थिए ! तर आज पुनः दलाल पुँजीवादी सत्ताका विरुद्ध नयाँ क्रान्तिको प्रक्रिया अगाडि बढिसकेकाले यो सिक्किमचाहि हुनेछैन ।

 तपाईंलाई कतिपयले ‘प्रचण्ड भाग दुई’ का रूपमा अथ्र्याइरहेका छन् । सर्वसाधारण जनताले अबको परिवर्तनको नेतृत्व गर्ने तपार्इं हो भन्ने विश्वास दिलाउने आधार केके छन् ?

– हो, केही पतीत र जासुस तत्वहरूले यसो भन्थे र भन्दा हुन् ! क्रान्तिकारीहरूमाथि हुने घेराबन्दी र हमलाको एउटा रूप हो यो । हामी सबैलाई प्रचण्डजस्तै बनाउने र वैज्ञानिक समाजवाद तथा क्रान्तिप्रति भीषण अविश्वास फैलाउने, नसकेपछि क्रान्तिकारीहरूप्रति अविश्वास पैदा गरिदिने र जनतालाई आफ्नो भाग्यको फैसला गर्ने महान् क्रान्ति र वैज्ञानिक समाजवादबाट विमुख गर्ने तरिकाका रूपमा यसो भनिँदैछ । कुनै सीप नचलेपछि ‘अङ्गुर अमिलो छ’ भन्ने तरिका हो । तर यो पनि अब च्यातचुत भइसक्यो भन्ने लाग्छ ।

जहाँसम्म हाम्रो पार्टी र मेरो नेतृत्वको सवाल छ यसको सबैभन्दा ठूलो विश्वसनीयता भनेको सारा पुँजीवादी—साम्राज्यवादी—उत्तरसाम्राज्यवादीहरूको लोभलालच, डरधम्की र जोखिमहरूलाई पूर्ण रूपले बेपर्वाह गर्दै साथै पार्टीभित्रका घोर आत्मसमर्पणवादी—विसर्जनवादीहरूका अनेकौँ लोभलालच र घेराबन्दीलाई ध्वस्त पार्दै जनता, क्रान्ति, देश भनेर क्रान्तिको आँधीबेहरीमा होमिनु नै हो । निजी जीवन र अवसरवादी राजनीतिक समूहका सम्पूर्ण स्वार्थहरूलाई लत्याएर वैज्ञानिक समाजवादी आदर्शमा उभिन आइपुगेपछि तपाईंले उठाउनुभएका जिज्ञासाहरू अर्थहीन हुन्छन् ।

 केपी ओली नेतृत्वको डबल नेकपासहित काङ्ग्रेस पनि आर्थिक समृद्धिकै कुरा गरिरहेको छन् । समृद्धि भन्ने शब्द नेपाली राजनीतिक बजारमा खुबै चर्चामा छ । यसबारे तपार्इंको धारणा के हो ?

-हो, यो चर्चामा छ । तपाईंलाई थाहा छ– मान्छेलाई दास बनाएर पशुजस्तो बेचबिखन गर्दा पनि मालिकहरूले समृद्धिकै लागि भन्थे । साम्राज्यवादले विश्वलाई लपेटामा पारेर अमानवीय लुटपाट र नरसंहार गर्दा पनि संसारमा समृद्धि बाँड्न हिँडेको भन्थे । आज पनि पुँजीवादीहरूले जनतालाई आफ्नो हैकमभित्र राख्नका लागि समृद्धिकै कुरा गरिरहेका छन् । नेपालको हकमा हेर्नुस् न सत्ता पुरानै, संरचनाहरू पुरानै, अर्थतन्त्र पुरानै, वर्ग पुरानै भएपछि अनि केपी—प्रचण्डले समृद्धि कहाँबाट टप्काउने हुन् ! के यिनले आकाशबाट झार्ने हुन् !

१३ वर्ष अगाडिका प्रचण्डका तर्क हेर्नुस् न, त्यसबेला एमालेका केपी वली, माधव नेपाल, झलनाथ, काङ्ग्रेसहरूले बहुदलीय प्रजातन्त्र र समृद्धिको प्रचार गर्दा के भन्थे ? साम्राज्यवादका पिट्ठु, पाले, नोकर, दलाल, जनतालाई झुक्याउने फटाहा भन्दैनथे र ! अनि एमाले, काङ्ग्रेसलाई बढारेर फाल्नुपर्ने तर्क गर्दैनथे र ? समृद्धिका लागि सामन्ती, दलालहरूको सत्तालाई जरैबाट फाल्नुपर्ने भन्दैन थे र ! अनि उनै नेता, उही सत्ता कसरी जनताको समृद्धि हुन्छ ? यो सबै आफ्नो पश्चगामी, प्रतिगामी, पतनलाई लाज छोप्ने खोल हाल्न खोजेको मात्र हो । यसमा अब त कसैलाई विश्वास पनि छैन । केचाहिँ निश्चित हो भने दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना भयो भने साँच्चिकै समृद्धि हुन्छ । यो झूटो आश्वासन होइन, इतिहाससिद्ध तथ्य हो ।

 चुनावताका सयौँ बम पड्के तपाईंकै कार्यकर्ता पनि घाइते भए । एकजना त मारिए । किन तपार्इंको पार्टी यसबारे मौन बसेको हो ? जिम्मा नलिएको हो कि लिन नमिलेको हो ? कारण के हो ?

-यो प्रचार पनि उत्तेजना फैलाएर नेता र कार्यकर्ताहरूलाई दुर्घटनामा पार्ने नियतले चलाइएको हो । तपाईंले भनेजस्तो कुरा कहाँ हो ? हामीले प्रतिक्रियावादी चुनाव खारेज गर्ने भन्यौँ, पोस्टर निकाल्यौँ, पर्चा र अपिल निकाल्यौँ । सशक्त कारबाही चलाउने बतायौँ । दमन भए प्रतिरोध गर्ने भन्यौँ अनि त्यसै ग¥यौँ र जिम्मा पनि त लियौँ । एक हजारजति नेता र कार्यकर्ता गिरफ्तार पर्नुभयो । तपाईंले पनि रेडियो, टीभीले भनेको सुन्नुभयो नै होला । हामीले सङ्घर्ष ग¥यौँ । प्रतिरोध सङ्घर्षमा एक होइन, दुईजना कमरेडहरू– कमरेड सनराइज र कमरेड धनरूप सहिद हुनुभयो ।

हामीले सहिद नै घोषणा ग¥यौँ । उहाँहरूको स्मृतिमा सभाभवनहरू नै बनाइरहेका छौँ । घाइतेहरूलाई उपचार ग¥यौँ । प्रतिरोध सङ्घर्षमा चुनावी बुथहरू कब्जा भए । प्रहरीहरूलाई प्रतिरोध गरियो अनि कहाँ भयो अन्योल ! आज पनि त दलाल, कमिसनखोर, भ्रष्ट नेता, नोकरशाह, पुँजीपतिहरूमाथि कारबाही दनादन भइरहेकै छन् । के यी विषय घामझैँ छैनन् र ! जिम्मा भनेको के हो ? बमलाई हातमा तुर्लुङ्ग झुन्ड्याएर ल हेर बम, अब हान्दै छौँ होसियार भन्दै चोकचोकमा उभिन जाने हो ? हेक्का राख्नुहोला यो प्रचार दुर्नियतपूर्ण छ ।

तपाईं र तपाईंको पार्टी नेता/कार्यकर्ता भूमिगत छन् भन्ने चर्चा सुनिन्छ । किन ?

-यो शब्दलाई नै हामीले पुरानो, काम नलाग्ने भइसकेको भनेर भनिसकेका छौँ । यो शब्द पनि कि त क्रान्ति गर्न नसक्ने केवल क्रान्तिको झ्याली पिटेर क्रान्तिकारी भइटोपल्नेले गरेको प्रचार हो कि त प्रतिक्रियावादीहरूले क्रान्तिकारीहरूलाई जनताबाट अलग गर्नका लागि फैलाएको शब्द हो । यसमा खास ठूलो रहस्य र अर्थ छैन ।

जब क्रान्ति जनताका लागि गरिन्छ भने जनताले नै क्रान्तिको रक्षा गर्ने हो । जनताकै बलमा क्रान्तिकारीहरूले क्रान्ति हाँक्ने हो अनि एक क्रान्तिकारी जनताको बीचमा रहने, बस्ने कुरालाई केको भूमिगत ! भूमिगत त ती तत्व छन् जसले क्रान्तिमा धोका दिएका छन्, गद्दारी गरेका छन् । वार्ताका नाममा जनता र देशलाई धोका दिएर जनताले क्रान्तिबाट हासिल गरेका उपलब्धिहरूलाई नास पारेका छन्, ती तत्व पो प्रहरी र सेना नभएसम्म पाइला नसारेर भूमिगत छन् । हेलिकोप्टर र प्लेनबाहेक हिँड्नै छोडेर जनताबाट भूमिगत भएका छन् । हाम्रा नेता–कार्यकर्ता सबै पूरा जोसजाँगरका साथ पार्टीका अभियानहरूमा डटेका छन् र क्रान्ति चलाइरहेका छन् ।

नेपालमा तपाईंले देखेका तीन मुख्य समस्या केके हुन् ?

केको तीन–चार समस्याका कुरा भए र दलाल पुँजीवादी सत्ताभित्र ! सिङ्गै सत्ता जनताका विरुद्ध भएपछि केको तीन–चार समस्या ? नेपालको मुख्य भनेको एक समस्या हो । त्यो हो– दलाल पुँजीवादी सत्ता । नेपाली जनताको अधिकार, देशको स्वाधीनता र शान्तिका लागि, जहिलेसम्म यो रहन्छ जनताले अकथनीय दुःख र पीडा झेलिरहनु पर्नेछ ।

तपाईंको पार्टीले जनयुद्धको ‘लिगेसी’ लिन्छु र म नै हुँ असली माओवादी भनेर दाबी त गरेको छ तर पत्याउने आधार के छन् ? विचार मात्र राखेर नपुग्ला । लडाइँ गर्नु परे सेना पनि चाहिएला । छ त तपाईंको पार्टीसित सेना ? छ भने लड्न सक्ने जति छ त ?

-ठिकै भन्नुभयो । जनयुद्ध मात्र होइन, नेपाली क्रान्तिहरूको उत्तराधिकारी हामी र हाम्रो पार्टी हो । त्यो मुख्यतः सैद्धान्तिक विचारकै कारणले हो । जहाँसम्म सेनाको कुरा उठाउनुभयो, सेना दुईवटा शक्तिसँग मात्र हुन्छ : एउटा सत्ता सञ्चालन गर्ने वर्गसँग, अर्को प्रतिक्रियावादी सत्तालाई मिल्काउन चाहने क्रान्तिकारी वर्ग र शक्तिसँग । जनमुक्ति सेनाका बारेमा अब सायद सत्य कुरा भन्ने वेला भयोजस्तो लाग्छ । प्रचण्ड—बाबुरामहरूले महान् जनमुक्ति सेना विसर्जन गर्दा नै हामीले प्रतिरोध गरेका थियौँ र क्रान्तिलाई साथ दिन चाहने जनमुक्ति सेनाका कमान्डरहरूको भेला गरेका थियौँ ।

त्यसमा कम्पनी सहकमान्डरभन्दा माथिका मात्र ४०० भन्दा बढी भेला भएका थिए । पछि हामीले सदस्यहरूको पनि देशैभरि भेला ग¥यौँ । जब किरणसँग हामीले विद्रोह ग¥यौँ त्यसको एउटा कारण यही थियो । पछि हामीले जनमुक्ति सेनाको गौरवपूर्ण इतिहास रक्षा गर्दै जनमुक्ति सेनालाई पुनर्गठन ग¥यौँ । आज जनता खाली छैनन् । जनतासँग क्रान्तिलाई अगाडि बढाउने महान जनमुक्ति सेना छ । यसको सङ्ख्या तपाईले भनेजस्तो केकति भन्नेतिर नजाऔँ । क्रान्ति सञ्चालन गर्नसक्ने र विजय हासिल गर्दै जानसक्ने स्तरमा छ ।

 तपाईंको पार्टीको बाटो के हो ? सशस्त्र हो कि शान्तिपूर्ण ? जनता भन्छन्– देख्दा शान्तिपूर्णजस्तो देखिन्छ फेरि होइनजस्तो पनि देखिन्छ । कार्यकर्तालाई मुद्दा लागेको छ । तिनै कार्यकर्तालाई शान्तिपूर्ण आन्दोलनमा पनि पठाउनुहुन्छ ।

-यस्ता प्रश्न तपाईं किन सोधिरहनुभएको छ ? अघि पनि भूमिगतको चर्चामै मैले धेरै भनिसकेँ । पहिले पनि धेरै ठाउँमा यसबारे व्याख्या भइसकेको छ । क्रान्ति यति अगाडि बढिरहँदा पनि तपाईंले आदिमकालको जस्तो प्रश्न सोध्नुभयो ! क्रान्ति भनेको के हो ? काङ्ग्रेसले राणाविरुद्ध गरेको क्रान्ति, एमालेले पञ्चायतविरुद्ध गर्न खोजेको तर नसकेको क्रान्ति, प्रचण्डहरूले १० वर्ष चलाएको र पछि बेचेर खान खोजेको क्रान्ति (जनयुद्ध), भोगेर, पचाएर, बुझेर यहाँ पुग्दा पनि यस्तो प्रश्न सोध्ने ! यो त जनतालाई पनि ज्ञान भइसकेको विषय हो ।

तपाईं र तपाईंको दलविरोधीले तपाईं पार्टी त सङ्घीयता, पिछडिएका जाति, क्षेत्र र लिङ्गलाई मूलधारमा ल्याउने समावेशी मुद्दाकै विरोधी भनेर व्याख्या गरिरहेका छन् । साँचो हो भने श्रमजीवी र राज्यसत्ताले डामेका जाति र क्षेत्रलाई अधिकार सम्पन्न बनाउने तपाईंका आधार केके हुन् ?

– हो, केही तत्वहरूले केही वर्ष अगाडिसम्म यो प्रचार गरेका थिए तर यो प्रचार गर्ने तत्वहरूको नै धोती खुस्किसक्यो । यस्तो प्रचार बढी नयाँ जनसत्ताहरू, जनयुद्ध र जनमुक्ति सेना समाप्त पार्न र नेपालमा दलाल पुँजीवादी सत्ता फर्काउन चाहने तत्वहरूले क्रान्तिकारी पार्टी र नेताहरूबारे भ्रम पार्न, दुईचार दिन भए पनि पिसाबको न्यानो गर्न यस्तो प्रचार गरेका थिए । हामीले यो सत्य जनतालाई स्पष्ट गर्दै आयौँ । अन्ततः जब नेपालमा सत्ता दलाल पुँजीपति वर्गको हातमा पुग्यो तब कुनै पनि उत्पीडित वर्ग, जाति, लिङ्ग सन्तुष्ट भएनन् । उनीहरूले के बुझे भने सत्ता जनताको नभएसम्म अर्थात् वैज्ञानिक समाजवादी सत्ता स्थापना नभएसम्म कुनै पनि उत्पीडित वर्ग र जातिले मुक्ति पाउँदैनन् ।

सत्ता दलाल पुँजीपति वर्गको हातमा दिने अनि श्रमिक र उत्पीडितले अधिकार पाएनन् भन्ने कुरा नै मिल्दैन । किनकि दलाल पुँजीपति वर्गको सत्ता बन्ने र चल्ने नै श्रमिक वर्ग र जाति, समुदायको उत्पीडन गरेर हो । त्यसैले त वैज्ञानिक समाजवादी सत्ताको अनुसन्धान भएको हो ।

जहाँसम्म समानुपाती, समावेशी, सङ्घीयताजस्ता शब्दहरूको प्रयोग छ यो वैज्ञानिक समाजवादमा स्वतः हुन्छ किनकि यसको सार भनेको नै सत्ताद्वारा उत्पीडितहरूले सत्ता सञ्चालन गर्ने अधिकार प्राप्त गर्ने हो त्यो समाजवादमा मात्र हुन्छ । पुँजीवादभित्र भट्याइने यी शब्द छन् नि, यी चोरहरूले सदाचारको टोपी लगाएर जनतालाई झुक्याउन हिँडेजस्तो मात्र हो । रात परेपछि त चोरहरूले लुटपाट सुरु गरिहाल्छन् ।

ओली सरकारले काम गर्न नसके असन्तोष र अस्थिरता दुवै चर्केला । त्यसलाई नेतृत्व गरेर परिवर्तन गर्न कोही त आउलान् नै । तपाईंको पार्टीले नै त्यस्तो वैकल्पिक धार दाबी गर्ने मुख्य आधार केके हुन् ?

-पत्रकार मित्र, यो केपीको सवाल होइन, यो दलाल पुँजीवादी सत्ताको सवाल हो । केपी—प्रचण्ड त यसका प्यादा र हतियार मात्र हुन् । केपीको सट्टामा काङ्ग्रेस, राप्रपा, फोरम जो पुगे पनि हुने यस्तै हो । केपीले फुर्फुर गर्नु त भ्रम वा बेइमानी मात्र हो । यिनको परम शक्ति प्रभु त दलाल पुँजीवादी सत्ता हो । यसको प्राणपखेरु दिल्ली, सिङ्गापुर, बैङ्ककका कोठीहरूमा छ । उसको इच्छा फेरियो भने केपीको मिति समाप्त हुन्छ । केही दिनदेखि यसका सङ्केतहरू देखिन थालिसकेका छन् । केपी—प्रचण्डहरूको मूर्खता देखेर मान्छे हैरान छन् ।

हामीले आउँदो क्रान्तिका लागि केही महत्वपूर्ण आधारहरू पेस गरेका छौँ । पहिलो त हामीले क्रान्तिका लागि आफैँलाई सम्पूर्ण रूपले तयार गर्ने हो । दोस्रो, हामी क्रान्तिकारी पार्टी, शक्तिहरूसँग सम्भव भएसम्म एकता, त्यो नभए संयुक्त मोर्चा निर्माण गरेर क्रान्तिलाई अगाडि बढाउने नीतिमा दृढ छौँ । तेस्रो, हामी देशभक्त शक्तिहरूसँग राष्ट्रिय स्वाधीनता र राजनीतिक परिवर्तनका लागि संयुक्त मोर्चा निर्माण गरेर काम गर्न तयार छौँ । चौथो, सच्चा लोकतान्त्रिक शक्तिहरूसँग पनि संयुक्त मोर्चा बनाएर जनताको पूर्ण स्वतन्त्रता र अधिकारका पक्षमा काम गर्न तयार छौँ । पाँचौँ, सम्पूर्ण राष्ट्रिय, जातीय, लैङ्गिक मुक्तिका लागि सङ्घर्षरत जनवादी शक्तिहरूसँग पनि आमूल परिवर्तन र पूर्ण अधिकारका लागि मिलेर लड्न तयार छौँ ।

हामी सबै शक्तिलाई विश्वस्त पार्न चाहन्छौँ– दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन गर्ने महान् क्रान्तिमा हातेमालो गरेर जाऊँ, नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिको विकल्प छैन । नेपाली श्रमिक जनताले वैज्ञानिक समाजवादलाई अवश्य नै साथ दिनेछन् । वैज्ञानिक समाजवादले मात्र सबै कम्युनिस्ट, वामपन्थी, लोकतान्त्रिक, देशभक्त, राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध गर्न सक्छ साथै सबै जनतालाई अधिकार सम्पन्न र देशलाई स्वाधीन बनाउन सक्छ ।

(अंग्रेजी अनलाइन रेकर्ड नेपालमा प्रकाशित नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको अन्र्तवार्ता नेपालीमा अनुवाद गरि प्रकाशित गरिएको हो ।)

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top