‘वीराङ्गना’को ट्रेलर सार्वजनिक, यस्ती भइन् शिल्पा (भिडियोसहित)


काठमाडौं – अभिनेता अनुप विक्रम शाहि र अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक भएको छ ।

साइराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।फिल्ममा शिल्पा पोखरेल, अनुम विक्रम शाही, पृथ्वीराज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोइराला, प्रिया रिजाल लगायतको अभिनय देख्न पाइन्छ । फिल्ममा घोडा र बाँदरको पनि फिचरिङ रहेको छ ।

महिला सशस्त्र प्रहरीको विरतामा आधारित फिल्म वीराङ्गना लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको फिल्म हो । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्टले निर्माण गरेका हुन् ।

उक्त फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह(निर्मातामा सुमि चाम्लिङ राई रहेका छन् । र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको ‘वीराङ्गना’ मा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेललगायतको पनि अभिनय रहेको छ फिल्म असार २९ बाट प्रदर्शनमा आउँदैछ ।
ट्रेलर हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Advertisement