बिष्णु पौडेल अर्थ र नारायणकाजी परराष्ट्रमन्त्री बन्दै

बिष्णु पौडेल अर्थ र नारायणकाजी परराष्ट्रमन्त्री बन्दै


काठमाण्डु – नेकपा एमालेबाट उपाध्यक्ष बिष्णु पौडेलले सरकारको नेतृत्व गर्ने भएका छन् । माओवादी केन्द्र र एमालेको समिकरण बनाउन महत्वपूर्ण भुमिका खेलेका नेता पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय लिएर सरकारको नेतृत्व गर्ने लगभग निश्चित भएको हो ।

उनि यसअघि छोटो समय अर्थमन्त्री बनेका थिए । पौडेललाई सफल अर्थमन्त्री रुपमा हेरिने गरेको छ । उनी सेयर बजारले समेत रुचाएका अर्थमन्त्री हुन् । पौडेलकै पालामा सेयर बजारले अल टाइम हाई चुमेको थियो ।

पौडेल यसअघि नेकपाको शक्तिशाली महासचिव समेत बनेका थिए । अर्थमन्त्री लागि माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र शक्ति बस्नेत समेत दावेदार छन् । तर, पौडेललाई नै अर्थमन्त्रालयमा पठाउने तयारी रहेको एमाले स्रोत बताउंछ ।

उता परराष्ट्रमन्त्रीका रुपमा भने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ जाने भएका छन् । दुवै जनाले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालसंगै सपथ लिने कार्यक्रम छ ।