विप्लवलाई शान्तिपूर्ण वार्ता ल्याएपछि विष्णु रिजालले गरे सरकारको प्रशंशा


काठमाण्डु – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचकोा वार्तालाई प्रचण्ड–मावध नेपाल समूहका नेताले स्वागत गरेका छन् ।

प्रचण्ड–नेपाल समूहका नेता विष्णु रिजालले विप्लवलाई शान्तिपूर्ण दायरामा ल्याउन सक्नुलाई उल्लेखनीय मान्नुपर्ने बताए ।

‘विप्लव नेतृत्वको नेकपाले चलाउँदै आएको हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी नेपाल सरकार र उक्त पार्टीबीच सहमति हुनु स्वागतयोग्य छ । समाजलाई भयमुक्त र राजनीतिलाई शान्तिपूर्ण तथा प्रतिस्पर्धात्मक बनाउन यस कदमले महत्वपूर्ण योगदान गर्ने विश्वास गर्न सकिन्छ’, उनले भनेका छन् ।

नेता रिजालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबाहेक कम्युनिस्टहरूसँग विकल्प छैन भन्ने यस घटनाबाट पनि पुनःपुष्टि भएको बताएका छन् ।

‘कथित ‘पृथक् राज्य’ को माग राख्ने सीके रावत र कथित ‘समग्र युद्ध’ को नारा लगाउने विप्लवलाई शान्तिपूर्ण दायरामा ल्याउन सक्नुलाई उल्लेखनीय मान्नुपर्छ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement