काठमाडौं – रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका महासचिव विष्णु पौडेलको प्रतिरक्षा गरेका छन् । सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकमा रक्षामन्त्री पोखरेलले महासचिव पौडेललाई बालुवाटारको जग्गा प्रकरणमा मुछिएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।
तत्कालिन नेकपा एमालेको निर्वाचित महासचिव रहेका पोखरेल र पौडेल प्रतिस्पर्धी नेताका रुपमा चिनिन्छन् । सोमबारको सचिवालयको वैठकमा पोखरेलले महासचिव पौडेलको वचाउ गरेपछि यसलाई नेकपाभित्र अर्थपुर्ण रुपमा हेरिएको छ । पौडेल र पोखरेलको पछिल्लो समय सुमधुर सम्बन्ध नभएको चर्चा चलिरहेको बेला दुई पोखरेलको वचाउ अर्थपुर्ण रहेको नेकपाका एक नेताले बताए ।
उनले पार्टी महासचिव पौडेललाई बालुवाटारको जग्गा प्रकरणमा मुछिएको भन्दै यसबाट पार्टीलाई पनि मुछ्ने काम भएको धारणा वैठकमा राखेका थिए । रक्षामन्त्री पोखरेलले पौडेललाई मात्र एक्लो पार्न नहुने सझुाव समेत पार्टी नेतृत्वलाई दिएका थिए ।
बैठकमा प्रधानमन्त्री निवास बालुवाटारको जग्गाको विषयमा समेत नेताहरुले जिज्ञासा राखेका थिए । नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बालुवाटार प्रकरणबारे पार्टीले जनतालाई यथार्थ जानकारी दिनुपर्ने माग गरेका थिए ।
पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले आवस्यक सम्पूर्ण कागजात जम्मा गरी पार्टीको तर्फबाट छानविन गर्नुपर्ने कुरामा जोड दिएका थिए।
प्रतिक्रिया