एमालेसँग विमति भएपनि चुप बस्दैनौं : कांग्रेस महामन्त्री शर्मा

एमालेसँग विमति भएपनि चुप बस्दैनौं : कांग्रेस महामन्त्री शर्मा


काठमाण्डु-सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसहितको गठबन्धन सरकारसँग विमति भए चुप लागेर बस्न नसकिने बताएका छन् ।

काठमाडौंमा आज आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा महामन्त्री शर्माले एमालेसँग भएका विमतिलाई ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको बताए ।

महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको बताए ।

‘एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ, एमाले हामीसँग कयौं कुरामा असहमत छ,’ शर्माले भने, ‘राजनीतिमा यस्तो हुन्छ । एमालेका सबै दृष्टिकोणसँग सहमत भयौं हामी भने, हाम्रो दृष्टिकोणसँग एमाले सहमत भयो भने त पार्टी एउटा हुने हो नि ।’

कांग्रेस र एमालेबिच विमतिका विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको उनको भनाई छ । उनले भने, ‘हामीले चुप लाग्नाका लागि यो गठबन्धन बनाएको होइन ।’

महामन्त्री शर्माले भने, ‘अहिले पनि के बिर्सनु हुँदैन भने कांग्रेस र एमालेका बीचमा भएका विमतिका विषयवस्तुहरुलाई हामीले तिलाञ्जली दियौं, हामीले जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ । हामीले गर्ने के हो भने यसलाई सहजतापूर्वक लिने हो । एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ ।’

महामन्त्री शर्माले सरकारले मुलुकलाई तत्काल मुनाफा दिने खालको आयोजनाहरुको कामलाई अघि बढाउन जोड दिनुपर्ने आवश्यकता पनि औल्याए । मुलुकलाई ऋणको भार बढाउने खालको आयोजनाहरुको काम अहिलेका लागि प्राथमिकतामा राख्न नहुने उनको सरकारलाई सुझाव थियो ।

महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महसुस होला भनेर कांग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महशुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने बताए ।