भाजपाले आदिवासी नेतृलाई बनायो राष्ट्रपति पदको उम्मेदवार


काठमाण्डु – भारतीय जनता पार्टी (भाजपा)ले झारखण्डकी पूर्वराज्यपाल द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । भारतमा पहिलो पटक आदिवासी नेतृलाई एनडीए नेतृत्वको गठबन्धनले राष्ट्रपतिको रुपमा अघि सारेको हो ।

भारतमा हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आगामी जुलाई २४ मा सकिंदैछ । संवैधानिक व्यवस्थाअनुसार कार्यकाल सकिनुअघि चुनाव गराउनुपर्ने भएकाले निर्वाचन आयोगले जुलाई १८ मा निर्वाचन तोकेको छ । निर्वाचनको परिणाम भने २१ जुलाईमा आउनेछ ।

भारतमा विपक्षी पार्टीले यशवंत सिन्हालाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । प्राध्यापक रहेकी मुर्मु यसअघि प्रान्तको मन्त्री र विधायक बनिसकेकी छिन् ।

उनि झारखण्डको मयूरभन्जको रायरंगपुरबाट सन् २००० र २००९ मा गरी दुई पटक विधायक बनेकी थिइन् । त्यसैगरी मुर्मु २००० देखी २००२ सम्म र २००२ देखी २००४ सम्म प्रदेशको मन्त्री समेत बनेकी थिईन । उनि १९९७ नगर पंचायतको काउन्सिलर निर्वाचित भएकी थिईन । मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्डको राज्यपालको जिम्मेवारी सम्हालेकी थिईन ।

उनले निर्वाचन जितेमा भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने सौभाग्य पाउनेछिन् । विजेपीले महिला र जनजातीलाई पहिलो पटक राष्ट्रपतिको उम्मेदवार बनाएको भन्दै पं्रशसा भइरहेको छ ।

२५ वर्ष विजेपीको राजनीतिमा लागेकी मुर्मुसहित विजेपीले सुरुमा २० उम्मेदवार छनौट गरेको थियो । विजेपी नेतृत्वले अन्तिममा उनको नाममा निर्णय गरेको हो । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र विजेपी अध्यक्ष जेपी नड्डाले मुर्मु राष्ट्रपति पदको उम्मेदवार बनेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement