शरीरबाट निस्कने पसिनाको दुर्गन्ध हटाउने यस्तो छ सरल उपाय !


काठमाडौँ – शरीरमा पसिना आउनु स्वाभाविक हो । अझ गर्मीमा पसिना आउनु त झनै स्वाभाविक हो । पसिना आउनु आफैमा प्राकृतिक हो किनभने गर्मीमा शरीरको तापक्रम नियन्त्रण गर्नका लागि छालाको रोमछिद्रबाट पसिना निस्कने गर्छ ।

यसले छालालाई चिसो राख्नुका साथै शरीरका विषाक्ततालाई बाहिर निकाल्न मद्दत गर्छ । त्यसैले पनि शरीरका लागि पसिना निस्कनु निकै जरुरी छ । यद्यपि धेरै पसिना आउनु भने स्वास्थ्यका लागि पक्कै राम्रो होइन । कैयौँ मानिसको शरीरबाट धेरै पसिना बग्छ । पसिनाकै कारण शरीर दुर्गन्धित हुने गर्छ । शरीरबाट दुर्गन्ध आउनु त्यति राम्रो हैन ।

गर्मी महिना लाग्नासाथ अत्याधिक पसिना आउने समस्या प्रायः सबैलाई सताउंछ । काखी र खुट्टा गन्हाउने समस्याले पीडितहरुका लागि गर्मी महिना अभिशाप जस्तै बन्छ । धेरैलाई दैनिक नुहाइधुवाइ गरेर कपडा फेर्दा पनि पसिनाको दुर्गन्धले सताइरहेकै हुन्छ ।
गर्मीमा समान्य रुपमा आउने पसिनाले शरीमा छाड्ने दुर्गन्ध हटाउन कतिपयलाई पफ्र्युमले पनि सहयोग गर्न सकिरहेको हुँदैन । तर, केही त्यस्ता घरेलु उपायहरु अपनाउन थाल्नुभयो भने तपाईंलाई यो समस्याबाट हल पाउन खासै मुस्किल पर्नेछैन ।

कागतीको प्रयोग पसिनाको दुर्गन्ध मेटाउने राम्रो उपाय हो । यसले छालामा रहेको पीएच लेभललाई घटाउँछ । जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोकेर दुर्गन्धबाट मुक्ति दिन सहयोग गर्छ । यसका लागि कागति काटेर यसको आधा भागलाई काखीमुनी दल्नुपर्छ । कागतीको रस निचोरेर त्यसलाई नरम कपडामा राखेर पनि काखी मुनि रगड्न सकिन्छ ।

पसिनाको दुर्गन्धलाई भगाउने सबैभन्दा सजिलो तरिका हो गुलाबजल । यसका लागि नुहाउने पानीमा केहि थोपा गुलाबजल मिसाउनुपर्छ । यसले शरीरमा लामो समयसम्म पसिनामा दुर्गन्ध आउन दिँदैन । यसले एक प्राकृतिक डियोड्रेन्डको काम समेत गर्दछ । नीमको पातले पनि शरीरमा दुर्गन्ध फैलन रोक्छ । दुर्गन्धको साथमा नीमको पातले शरिमा फैलिएको ब्याक्टेरियालाई समेत मेटाउँछ ।

यसका लागि थोरै निमको पातलाई पानीमा उमालेर पानीलाई छान्नुपर्छ । त्यसपछि नुहाउने बेलामा अरु पानीमा त्यसलाई मिसाएर नुहाउनुपर्छ । यो पानीले नुहाएमा पसिनाको दुर्गन्धबाट मुक्ति पाउन गाह्रो पर्दैन । पसिनाको दुर्गन्ध हटाउन अर्को घरलु उपाय हो बेकिंग सोडा । यसलाई काखीमुनि लगाउँदा सबै दुषित पदार्थलाई सोसेर सफाइ गर्छ । यसले बडी अर्डरको समस्याबाट मुक्ति दिन्छ । घरमा भएको बेकिङ सोडालाई सामान्य रुपवमा प्रयो गर्ने बानी बसाल्नुभयो भने दुर्गन्ध वरपर पर्दैन ।

पुदिनाको सहयोगमा पनि पसिनाको दुर्गन्धलाई टाढा पठाउन सकिन्छ । पुदिनाको पातलाई उमालेर त्यसलाई छानेर नुहाउने पानीमा मिसाएर प्रयोग गर्दा यसले पसिनामा रहेको ब्याक्टेरियालाई मेटाउँछ । यसले गर्दा शरीरमा ‘फ्रेसनेश’ पनि आउँछ । मह पनि चानचुने औषधी होइन । यसले पनि पसिनाको दुर्गन्धलाई हटाउन र त्यसबाट बच्न सहयोग गर्छ । नुहाउनासाथ पानीमा एक चम्चामा मह मिलाएर काखीमुनि सफा गर्नुपर्छ । यसबाट पनि पसिनाको दुर्गन्ध हट्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement