काठमाण्डु – नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्य नेतृत्वको सिफारिस समितिले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्र, राष्ट्र बैंकका पूर्व निर्देशन मुकुन्द क्षेत्री र उद्यमी केशव श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएका ३ जनामध्ये १ जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
सुरुमा सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको भए पनि उनले राजीनामा दिएपछि आयोगका सदस्य आचार्यलाई जिम्मेवारी दिइएको थियो । सिफारिस समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ भुवनकुमार दाहाल सदस्य रहेका थिए ।




प्रतिक्रिया