गाउँपालिका अध्यक्ष दयानन्दको घरमा बम बिष्फोट


राजविराज – सप्तरीको बलान–बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट भएको छ । शुक्रबार राति १२ बजेतिर बलान–बिहुल गाउँपालिका–२ स्थित अध्यक्ष गोइतको घरमा कुकर बम बिष्फोट गराइएको प्रहरीले जनाएको छ ।

बिष्फोटबाट घरका सम्पूर्ण सामानमा क्षति पुगेको छ भने अध्यक्ष दयानन्दका काका श्याम गोइत बमको छर्रा लागेर घाइते भएका छन् । घरमा कोही नभएको बेला बिष्फोट गराइएको हो । उनका काका श्याम भने दलानमा सुतिरहेको अवस्थामा बम विष्फोट भएको थियो ।

यसैबीच जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले बम बिष्फोटको जिम्मेवारी लिएको छ । गाउँपालिका अध्यक्ष गोइत भ्रष्टाचारमा डुबेकाले उनको घरमा बिष्फोट गराइएको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement