कावासोतीमा ह्यान्ड ग्रिनेड बम फेला, सेनाको टोलीद्धारा डिस्पोजको तयारी


कावासोती – पूर्वी नवलपरासीको कावासोतीमा बम फेला परेको छ । कावासोती नगरपालीका १४ स्थित पत्थर खोला किनारमा प्लास्टिक ह्यान्ड ग्रिनेड बम फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए ।

बिहान करीब ११ बजे खेतमा पानी लगाउनका लागि बाध बनाउन पुगेका कृर्षकहरुले खोला किनारमा बम देखेपछि प्रहरीलाई खवर गरेका थिए । अहिले नेपाली सेनाको वन तथा पर्यावरण गण झल्याटुङबाट बम जिस्पोजल टोली परिचालन गरिएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement