कैलालीको देउती गुट्खा उद्योगमा बम विष्फोट


काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका, १ लम्कीमा रहेको देउती गुट्खा उद्योगको आज बिहान बम विष्फोट भएको छ। अज्ञात समूहले उद्योगको गेट बाहिर बम विष्फोट गराएको प्रहरीले जनाएको छ।

बम विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति पुगेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताए। विष्फोटबाट उद्योगको पर्खाल र छानामा क्षती भएपनि अन्य कुनै क्षती नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।

बम किन र कसले विष्फोट गराएको भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । उद्योग संचालक यज्ञबहादुर वलीले अहिलेसम्म कुनै व्यक्ति वा समूहबाट चन्दा लगायत आर्थिक सहयोगका लागि कुनै फोन वा पत्र केही पनि नआएको बताए ।

यही साउन २ गते समेत उक्त उद्योगमा अज्ञात समूहले २ वटा सकेट बम राखेको थियो । उक्त बमलाई सेनाको निष्कृय पारेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement