दार्चुलाका तीन स्थानमा सशस्त्रको बिओपी स्थापना (फोटोफिचर)


दार्चुला – दार्चुलामा तीन स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बिओपी)स्थापना भएका छन् ।

जिल्लाको व्याँस गाउँपालिका– २ को दुम्लिङ, लेकम गाउँपालिका–३ लाली र मालिकार्जनु गाउँपालिका वडा नम्बर ७ जोलजिवीमा विओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बर बहादुर विष्टले जानकारी दिए ।

सीमा क्षेत्रमा हुने अतिक्रमण, अवैध निकासी–पैठारी, लागुऔषध ओसारपसार, आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतसंग सिमा जोडिएका तीन स्थानमा बीओपी स्थापना गरिएको हुन् ।

बीओपीको औपचारीक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले गरेका हुन् । बुढाथोकीले जोलजिवी र लालीमा स्वयम उपस्थित भएर पोष्टको उद्घाटन गरेका छन् । यसअघि दार्चुलाको छाङरुमा सशस्त्रको बिअ‍ोपी स्थापना भइसकेको छ ।

तस्बीरः राजेन्द्र साउद

 

प्रतिक्रिया दिनुहोस
Advertisement