काठमाण्डु– वीपी राजमार्ग हुँदै सिन्धुली-काठमाण्डु सडक थप एक महिना बन्द हुने भएको छ ।
यात्रुवाहक गाडीलाई रातको समयमा थप एक महिना चल्न नदिइने भएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म गाडीलाई रोक लगाएको हो। यसअघि असार २० गतेसम्म गाडी चल्न रोक लगाइएको थियो ।
काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले मनसुन सक्रिय अवस्थामा नै रहेकाले विपद्को अवस्था सिर्जना हुन नदिन थप ३० दिन निजी र सार्वजनिक यात्रुवाहक गाडी चलाउन नदिने निर्णय गरेको हो।

प्रतिक्रिया