वीपी प्रतिष्ठानमा बेथितिः भ्रष्टाचारबारे आवाज उठाउँदा उल्टै स्पष्टिकरण !


काठमाण्डु – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका संयुक्त संर्घष समितिले अनियमितता विरुद्ध विरोध कार्यक्रम सुरु गरेको छ ।

उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मेडिकल एवं डेन्टल फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेललाई स्पष्टीकरण सोधेको विषय लगायत अन्य २ बुँदे माग राख्दै आजदेखि आन्दोलन सुरु भएको हो ।

अनियमितता र बेथितिबारे आवाज उठाउने व्यक्तिलाई नै कारबाही गर्न स्पष्टीकरण सोधेको भन्दै प्रतिष्ठानका फ्याकल्टी, जुनियर रेसिडेन्ट र विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सयुक्त संघर्ष समितिले फ्याकल्टी वेलफेयरका अध्यक्षलाई सोधिएको स्पष्टीकरण विनाशर्त २४ घण्टाभित्र फिर्ता लिनुपर्ने र विना जायज कारण स्पष्टीकरण सोधिएकाले माफी समेत माग्नुपर्ने र राष्ट्रिय संचार माध्यम र जनसरोकार मार्फत यस प्रतिष्ठान बारेमा उठेका अनियमितता, भ्रष्ट्राचार लगायत वेथितिको बारेमा छानविन गर्न प्रशासन समेतको संलग्नतामा सबै पक्षको सहभागितामा उच्चस्तरीय शक्तिशाली समिति बनाउने र सोको सुझाव तत्काल लागु गरिनुपर्ने माग राखेको छ ।

उपकुलपतिले स्पष्टीकरण सोध्ने कार्य फिर्ता लिएर माफी नमागेसम्म दैनिकरुपमा बिहान ८ बजेदेखि विरोध सभा र र्याली गर्ने फ्याकल्टी, जेआर र विद्यार्थीहरुले घोषणा गरेका छन् । उनीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement