प्रचण्डलार्इ बाबुराकाे पश्न ‘पार्टी चलाउन नसकेर माअाेवादीलाई एमालेमा विलय गराउनु भएकाे हाे’


पाेखरा- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वगठित नेपाल कम्युनिस्ट (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लार्इ पार्टी चलाउन नसकेर माअाेवादीलाई एमालेमा विलय गराएकाे अाराेप लगाएका छन् ।

संसदीय पत्रकार मञ्च, पोखराद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी चलाउन नसकेर माअाेवादीलाई एमालेमा विलय गराएकाे अाराेप लगाएका हुन् ।

पुराना पार्टीले विकास र समृद्धिको मार्ग परिवर्तन गर्न आवश्यक भएको बताउँदै परम्परागत शैलीबाट विकास र समृद्धि सम्भव नभएको  बताए। देशको अर्थतन्त्र केवल आठ नौजनाले मात्र सञ्चालन गरेको बताउँदै भट्टराईले भने, “मुट्टीभरका व्यक्तिमा देशको अर्थतन्त्र रहँदासम्म देशको विकास र समृद्धिले फड्को मार्न सक्दैन, सबै खालका सिण्डीकेट, कमिशनखोर र भ्रष्टाचार हटाएर अगाडि बढ्नु आवश्यक छ ।” पुराना राजनीतिक दलले सत्तालिप्सा, राज्यसत्ताको दोहनका लागि चुनावदेखि चुनावसम्मको राजनीति गर्ने गरेको चर्चा गर्दै उहाँले त्यस्तो राजनीतिले आमजनताको हित नगर्नेमा उनकाे दावी थियाे ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण राजनीतिक स्थायित्वको लागि सकारात्मक भएको र अन्य प्रजातान्त्रिक शक्ति पनि एक हुनुपर्ने बताउँदै उनले दलहरू जनताको चाहनाअनुसार रुपान्तरित बन्नु आवश्यक रहेकाे उनकाने तर्क थियाे । देशमा बढ्दै गएको भ्रष्टाचार, महँगी नियन्त्रण एवं विभेद अन्त्य गर्दै विकास र समृद्धितर्फ पुराना दलहरु अगाडि नबढेसम्म नेपाली जनताको आवश्यकता पूरा नहुने भन्दै उनले भने “नयाँशक्ति पार्टी सत्ता लिप्साभन्दा पनि समाजलाई रुपान्तरित गर्दै दीर्घकालीन रुपमा देशको समृद्धि अघि बढाउन चाहन्छ’ ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट नेपालका प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत सम्बन्ध सुधार गरेपनि देशको हितमा भने भ्रमण फलदायी नभएको उनकाे दावी थियाे । पोखराको फेवाताल संरक्षणका लागि आफू प्रधानमन्त्री भएकै समयमा समिति बनाएर काम शुरु गरेको र सर्वोच्च अदालतले पनि फेवा संरक्षणको पक्षमा फैसला गरेको बताउँदै उनले फेवाताल संरक्षणमा सबैको चासो बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement