चिनियां राष्ट्रपति सीले ल्याएको बिआरआईबाट फाईदा लिन ढिला नगरौः जनार्दन शर्मा


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्माले चिनियां राष्ट्रपति सी जिनपिङले ल्याएको बिआरआई एक असल छिमेकीले देखाएको पारस्परिक लाभको रूपमा स्वीकार्य गर्नुपर्ने बताएका छन् ।

नेकपाले शनिबार काठमाडौंमा गरेको अन्र्तक्रियामा बोल्दै शर्माले बीआरआई भौतिक संमृद्धिको अभियान मात्र नभई यो समाजवादी विचार अभियान भएको समेत बताए ।
पुर्व गृहमन्त्री समेत रहेका नेता शर्माले बेल्ट एण्ड रोडलाई नेपालको हितमा उपयोग गर्नुपर्ने भन्दै तर स्वतन्त्र निर्णय लिन सक्ने क्षमता हुनुपर्नेमा जोड दिए । उनले नेपालीहरूमा स्वतन्त्र निर्णय गर्न सक्ने क्षमता छ कि छैन भनेर प्रश्न समेत गरेका छन्।

उनले यसलाई अघि बढाउने विषयमा हाम्रो आत्मविश्वासमा भर पर्ने धारणा व्यक्त गरे ।

‘आफ्नै स्वतन्त्र निर्णय गर्ने क्षमता राख्न सक्ने हो भने हाम्रा हितमा हुने कुरालाई आत्मसाथ गरेर अघि बढ्ने हिम्मत हुनुपर्छ, बिआरआईलाईसही प्रयोग गरेर नेपालको समृद्धि र विकासमा अघि बढ्न सक्छौं। ’ शर्माले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement