लुम्बिनीमा यस्तो छ बुद्ध जयन्तीको रमझम (फोटो फिचर)


भैरहवा – गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा धुमधामकासाथ २५६३ औँ बुद्ध जयन्ती मनाइँदैछ । बुद्ध जयन्तीका अवसरमा विभिन्न मुलुकका बौद्ध धर्मालम्बीहरू लुम्बिनी आइपुगेका छन् । लुम्बिनीलाई दुलही झैं सिंगारिएको छ ।

लुम्बिनी आएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहानैदेखि कार्यक्रममा व्यस्त भएका छन् । बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ लुम्बिनीग्राममा वृक्षारोपणको शुभारम्भ गरे । लुम्बिनीमा यो वर्ष २ हजार ६ सय ४३ वटा बिरुवा रोपिनेछ ।

बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५ सय ६३ औँ वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्ष अघि भएकोले बुद्ध जन्मिएको २६ सय ४३ वर्ष पुगेको अवसरमा त्यति नै संख्यामा विरुवा रोप्ने कार्यक्रम तय भएको हो ।

वृक्षारोपण शुभारम्भ गरेर प्रधानमन्त्री ओली मायादेवी मन्दिर परिसरबाट शान्तिदीपसम्म शान्र्ति यालीमा सहभागी भएका थिए ।शान्तिदीपमा प्रधानमन्त्री ओलीले ओलम्पियन बैकुण्ठ मानन्धरलाई शान्तिदीप हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement