काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक आय–व्ययको अनुमानित विवरण झोलामा नबोक्ने भएका छन् ।
मन्त्रिपरिषद् बैठकबाट पारित भएको बजेटको विवरण उनले नेपाली कागजको खाममा बोकेर ल्याउने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि कालो झोलामा बजेटको विवरण बोकेर ल्याउने परम्परा रहेको थियो भने पूर्व अर्थमन्त्री वर्षमान पुनले अल्लोको झोलामा बजेट ल्याएका थिए ।
यी परम्परालाई तोड्दै अर्थमन्त्री वाग्लेले खाममा बजेट विवरण ल्याउन लागेका छन् ।




प्रतिक्रिया