बुढीगण्डकी जलविद्युत आयोजना : लगानी नजुट्ने बाहानामा यसरी गरियो कानुनविपरीत सम्झौता


काठमाडौं–  लगानी नजुट्ने बहानामा बुढीगण्डकी जलविद्युत् आयोजना विवादास्पद चिनियाँ कम्पनीलाई दिइएको तथ्य सार्वजनिक भएको छ । आयोजनाको लागत २६३ अर्ब देखाएर त्यसमा नेपाल भित्रै आन्तरिक रुपमा पनि लगानी नजुट्ने तथा बाह्य लगानी ल्याउन पनि नसकिने भन्दै चिनियाँ कम्पनीलाई दिइएको र त्यसमा प्रमुख तीन दलका शीर्ष नेताको गोग्य सहमति भएको पत्ता लागेको हो ।

 

 

 

ऊर्जा मन्त्रालयका निमित्त सचिव समेत रहेका सहसचिव दिनेशकुमार घिमिरेले बुधबार बसेको लेखा समितिको बैठकमा त्यसको सामान्य संकेत गरेका थिए । उनले लगानी नजुट्ने भएपछि सामान्य रुपमा उच्च राजनीतिक तहमा छलफल भएको आफूले थाहा पाएको उनको कथन थियो ।

 

 

 

नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ लगानीको नाममा ठेक्का हत्याउन सफल दिपक भट्टको योजनामा नै प्रमुख तीन दलका शीर्ष नेता बुढीगण्डकी आयोजना चिनियाँलाई दिन तयार भएका हुन् ।

 

 

त्यसो त लगानीको विषयमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले केही समय पहिल्यै संसद्को कृषि तथा जलस्रोत समिति र लेखा समितिमा समेत प्रष्ट रुपमा आफ्नो धारणा राखेका थिए ।

 

 

 

उनले एसियाली विकास बैंक, विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, भारतको आयात निर्यात बैंक, जापानी अन्तर्राष्ट्रिय सहयोग निययोग जस्ता संस्थाले उच्च बाँध परियोजनामा लगानी नगर्ने भन्दै बुढीगण्डकीको पक्षमा नभएको बताएका थिए ।

 

 

 

त्यस्तै सहुलियतपूर्ण ऋण दिने विभिन्न निकायले समेत आयोजनामा लगानी गर्न तयार नभएका कारण वाध्य भएर आफूहरुले चिनियाँ कम्पनीसँग समझदारी गर्नुपरेको सचिव उपाध्यायले कृषि तथा जलस्रोत समितिको बैठकमा बताएका थिए ।

 

 

 

उनको धारणासँगै मिल्दो जुल्दो गरी बुधबारको बैठकमा पनि निमित्त सचिव घिमिरेले धारणा राखेका थिए । आन्तरिक स्रोतबाट नै आयोजना बनाउन सकिन्छ भन्ने विज्ञ , जानकार तथा स्थानीयबासीको माग विपरित हचुवाको भरमा आयोजना चिनियाँ कम्पनीलाई दिइएकोमा पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्याय, ऊर्जा विज्ञ रत्नसंसार श्रेष्ठले सार्वाजनिक रुपमा नै धारणा राख्दै आएका छन् ।

 

 

बुढीगण्डकीमा अन्तर्राष्ट्रिय साझेदार तथा दातृ निकाय लगानीका लागि तयार नभएका कारण चिनियाँ कम्पनीसँग समझदारी गर्नुपरेको भन्ने तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव उपाध्याय र निमित्त सचिव घिमिरेको भनाईमा तादम्यता छ त  ? केही तथ्य हेरौ ।

 

कमिसनका लागी लागत रातारात लागत बढाईयो
आयोजनाको लागत फ्रान्सेली परामर्शदाता ट्याक्टबेलकै डिपिआरलाई आधार मान्ने हो भने रु २२० अर्ब मात्रै हो । आयोजनाको लागत रातारात बढाइएको छ । बढाइएको लागत कमिसनका लागि बाड्ने चिनियाँ कम्पनीको अभिस्ट छ । त्यसो त अमेरिकाले संसारभर उच्च बाँध विरुद्धको मिशन चलाएको छ । त्यो मिशन नेपालको हकमा भने हालसम्म आर्कषित हुन सकेको छैन । तर लविङ भने जारी छ ।

 

 

 

सरकार आफैले राष्ट्रिय आवश्यकता भनेर आयोजनाका लागि कतार फण्ड, साउदी फण्ड, कुबेत फण्ड, कोरियाली सहयोग नियोग जस्ता निकायबाट पनि सहुुलियत दरमा ऋण लिन सक्छ । सरकार आफैले चिनियाँ आयात निर्यात बैंकबाट सहयोग लिन सक्छ ।

 

 

स्वदेशभित्रै लगानी पनि जुटाउन सक्छ । एसियाली विकास बैंक, विश्व बैंक जस्ता निकायले ऋण दिएनन् भनेर बस्नुपर्ने अवस्था पनि छैन ।

 

 

 

तर सयौ बाटा हुँदा हुँदै पनि अनायसै अदृश्य तवरले किन दिइयो त बुढीगण्डकी चिनियाँ कम्पनीलाई सरकारी अधिकारीसँग त्यसको चित्तबुझ्दो उत्तर छैन । मात्रै उत्तर छ, अन्तर्राष्ट्रिय दातृ निकाय सो आयोजनामा लगानी गर्न तयार छैनन् । फ्रान्सेली परामर्शदाताले डिपिआर तयार पारेको छ ।

 

 

 

सो डिपिआर तथ्यमा आधारित छ कि छैन् भन्ने तर्फ कुनै पनि सरकारी निकायले हालसम्म अध्ययन गरेको छैन । डिपिआरअनुसार नै आयोजना अगाडि बढाउने हो भने प्रयोग गर्न नसकिने पानीको मात्रा ३७ प्रतिशत बढी रहनेछ । जलाशय आयोजनामा डेथ वाटर बढी राखिनु आयोजनालाई प्रभावकारी हुन नदिनु हो ।

 

 

 

 

आयोजनालाई बढी प्रभावकारी बनाउन नदिने लक्ष्यका साथ डेथ वाटर बढी राख्न लगाइएको र परामर्शदाताले नेपाली स्रोत र साधनमाथि दीर्घकालीन असर पार्ने खालको निर्णय गरेको छ । डिपिआरको अध्ययन तथा पुनरावलोकन गरिएको छैन । आयोजनाको लगानी नजुट्ने भन्दै चिनियाँ कम्पनीलाई बुझाएर गर्नुपर्ने काम पूरै रोकिएको छ ।

 

 

 

 

त्यसो त अर्बिट आर्क ड्याम नेपाल जस्तो भूकम्पको जोखिमयुक्त क्षेत्रमा आवश्यक हो कि होइन भन्नेमा पनि डिपिआरले केही बोल्दैन । सरकारले २ अर्ब खर्च गरेर तयार पारेको डिपिआरकै वैधता नभएको तथ्य पनि प्रकाशमा आएको छ । अर्बिट आर्क ड्याम गोरखा भूकम्प जस्तै ठूलो भूकम्प आएको खण्डमा फुट्न सक्छ । त्

 

 

यो बाँध फुट्यो भने त्यसले चितवन, नवलपरासी मात्र नभई भारतको उत्तर, मध्य प्रदेशसम्म लाखौ नागरिकलाई प्रभावित पार्न सक्छ । बुढीगण्डकीको बाँध रक फिल ड्याम बनाउनुपर्ने प्रतिवेदन दिइनुपर्ने थियो । त्यस्तो ड्याम बनाइए भूकम्पका कारण समस्या पर्ने र जोखिम बढ्ने खतरा पनि कम हुन्थ्यो ।
कुलेखानीको बाँध रक फिल भएका कारण गोरखा भूकम्पका पनि कुनै प्रकारको क्षति हुन पाएन ।

 

 

कुलेखानीकै जस्तो प्रविधि बुढीगण्डकीमा पनि अपनाउन सकिन्थ्यो । तर जनार्दन शर्माले त्यसतिर ध्यान दिएनन् बरु ट्याक्टबेलले बनाएको डिपिआर अध्ययन तथा पुनरावलाकेन गर्न छाडेर उनी चिनियाँ कम्पनीको प्रस्ताव तिर अगाडि लागे ।

 

 

 

जुन प्रकारको अध्ययन डिपिआरमा जरुरी थियो, त्यसो हुन नसकेको स्वयम् बुढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका पूर्व अध्यक्ष लक्षमीप्रसाद देवकोटाको भनाइ छ । तर उनै देवकोटा हुन, रक फिल ड्याम बनाउनु हुन्न भन्दै लविङ गर्ने ।

 

 

 

अर्विट आर्क ड्याम संसारमा तीन वटा मात्रै छ । तीन वटा मध्ये एउटा चीनमा यसअघि नै सञ्चालनमा आइसकेको छ भने अरु दुई निर्माणको क्रममा छन् । यस्तै पाकिस्तानको एउटा जलविद्युत् आयोजनामा पनि सोही प्रकारको ड्याम निर्माणको चरणमा छ । रक फिल ड्याम नेपालको हकमा उपयुक्त र प्रभावकारी छ । त्यो कुलेखानीको अवस्थाले पनि प्रष्ट पारेको छ ।

 

 

नौ सेमी तल माथि हुँदा समेत कुलेखानीको भौतिक संरचनामा कुनै क्षति भएन । जापानी अध्ययन टोलीले बाँध झन् बलियो भएको निष्कर्ष सहितको प्रतिवेदन नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । तर देवकोटाले रक फिल हुँदै हुन्न, अर्विट आर्क ड्याम चाहिन्छ भन्दै परामर्शदातालाई मनोवैज्ञानिक दबाव दिएका थिए । त्यसो त डेथ वाटरको मात्रा पनि बढी राख्न लगाएका थिए ।

 

मानविय जीवनमाथी खेलबाड
डिपिआरको यी र यस्ता समसग्र पक्षका बारेमा अध्ययन गरेर जानुपर्नेमा आयोजना चिनियाँ  कम्पनीलाई सुम्पेर सरकारले राष्ट्रिय हित तथा मानवीय जीवनमाथि समेत जोखिम थपेको छ । आयोजनामा हुने भवितव्य नियन्त्रण गर्ने कुनै पनि प्रकारको संरचना डिपिआरमा उल्लेख छैन ।

 

 

 

पुनरावलोकन गर्ने तर्फ कुनै पनि प्रकारको कदम हालसम्म चालिएको छैन । त्यसो त आयोजनाको लागतका विषयमा मात्रै चर्चा परिचर्चा गरिएको छ । लगानी नजुट्ने भएका कारण सजिलो उपायका रुपमा मात्रै चिनियाँ कम्पनीलाई दिइएको सरकारी दावी शतप्रतिशत झुटो र अवैज्ञानिक छ ।

 

 

 

भूकम्पको जोखिम त्यसमाथि गोरखा भूकम्पको केन्द्रबिन्दु आसपासमा नै निर्माण गर्ने भनिएको आयोजनामा तलमाथि भए त्यसले पार्ने मानविय तथा विपदजन्य अवस्था कति र कुन तहको भयाव होला ? सरकारी अधिकारीले कुनै अनुमान गरेका छैनन् । प्रतिघण्टा ऊर्जा उत्पादनको स्थिती हेर्दा तमोर र बुढीगण्डकीको तलमाथि छैन ।

 

 

तर, जुन प्रकारको तथ्य र कारण देखाएर बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिइयो, प्रतिघन्टा ऊर्जा उत्पादन र दक्षताको अवस्थाका बारेमा कुनै अध्ययन नगरिनु चिनियाँ कम्पनीलाई दिइएको छ । त्यसले स्वदेशी स्रोत तथा साधन कसरी हचुवाको भरमा विदेशी कम्पनीलाई दिइदो रहेछ भन्ने खुलेको छ ।

यो पनि पढौ,बुढिगण्डकीमा अनियमितताबारे हाम्रो खोज ।

 

 

लेखा समितिमा विष्णु पौडेलले रोके भ्रष्टाचारविरुद्धको निर्णय

 

 

 

बुढीगण्डकी जलविद्युत् आयोजना : जनार्दन शर्माको नारा एउटा काम अर्को –भाग २

 

 

२ खर्ब ६३ अर्ब लागतको बुढीगण्डकी : कसरी फस्यो अन्योलको भुमरीमा ? श्रृखला—१

प्रतिक्रिया दिनुहोस
Advertisement