भारतमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु


एजेन्सी- भारतमा निजी बस दुर्घटना हुँदा विद्यालयका बालबालिकासहित १६ जनाको मृत्यु भएको छ । सोमबार हिमाञ्चल प्रदेशको कुल्लु सैँज जाँदै गरेको बस जांगला गाउँ नजिकै खोँचमा खसेको हो ।

कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गका अनुसार घटना आज बिहान ८ बजेतिर भएको हो । बसमा करीब ४५ यात्रु सवार थिए । दुर्घटनामा कयौं घाइते भएको आशंका गरिएको छ । अहिले उद्धार कार्य जारी छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका आफन्तलाई दुई लाख रूपैयाँ र घाइतेलाई ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement