दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते


काठमाण्डु – दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका-५ को खिमतडीमा दुर्घटना भएको हो । बस सडकबाट करीब २५ मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइतेहरुमध्ये दार्चुलाको दुहुँ गाउँपालिका-५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका-४ बस्ने ५४ वर्षीय परमानन्द भट्टको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणी बस्ने ३६ वर्षीय महेश भट्टसहितका अन्य १४ जनाको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement