घट्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?


काठमाण्डु- यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारी साधनकोे भाडा घटाएको छ । शनिबार रातिबाट सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागल सार्वजनिक सवारीको भाडा घटाएको हो ।

जस अनुसार यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशतले घटेको छ । यता पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको घटाइएको हो । सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement