यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ६ निर्णय


काठमाण्डु- मन्त्रिपरिषद्को बैठकले ६ वटा निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गर्नेलगायत ६ निर्णय गरेको हो ।

जसअनुसार उक्त बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै क्यानडामा २०८० भदौ ५ गते देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरण सुविधाको ७ औं सभा तथा सम्बन्धित बैठकहरूमा अर्थमन्त्री प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने बैठकले निर्णय गरेको जनाइएको छ ।

यसैगरी सिन्धुलीमाडी-भूमेस्थान-चकमके-उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

यस्तै मध्य तमोर जलविद्युत आयोजना प्रसारणलाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरू हटाउन स्वीकृति दिने बैठकले निर्णय गरेको छ।

लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ। आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement