सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद पुससम्म थप्ने सरकारको निर्णय


काठमाण्डु – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद पुस मसान्तसम्म थप गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्काे बैठकले आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निणर्य गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए।

यी दुवै आयोगको म्याद असार मसान्तसम्म मात्र रहेको थियो । असारसम्मको बाँकी अवधिमा आयोगसम्बन्धी कानुन संसद्बाट ल्याउन असम्भव भएपछि आयोगको कार्यावधि पुस मसान्तसम्म लम्ब्याउनका लागि सरकारले बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निणर्य गरेको हो । यस्तै, बैठकले निजामती सेवाको सचिव पदमा सहसचिव घनश्याम उपाध्यायलाई बढुवा गर्ने निणर्य पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement